गोरखा समाचारदाता
नेपाली काँग्रेसले भोली चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । वडादशै, दिपावली, छठ, नेपाल सम्वत लगायतका चाडपर्वका अवसरमा काँग्रेसले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको जिल्ला सभापति हरि बहादुर घलेले बताएका छन् ।
हरेक बर्ष कोजात पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको काँग्रेसले यो बर्ष भने भोली गर्दैछ । ‘बिपीका पालदेखि कोजातपूर्णिमाका दिन चियापान हुदै आएको थियो तर यो बर्ष हाम्रा नेता चक्र बास्तोलाको निधन भएकाले केहि समय पर गयो’ पत्रकार सम्मेलनमा बोल्दै सभापति घलले भने ‘कार्यक्रममा सबै राजनितिक दल, ब्यवसायी, उद्योगी, जनप्रतिनिधी, सरकारी, गैरसरकारी कार्यालयका प्रमुख, पत्रकार सबैलाई निम्ता गरेका छौ ।’ चियापान कार्यक्रम गोरखा सहित देशैभर भोली १६ गते एकै साथ आयोजना हुने उनको भनाई छ ।




















