संपादकीय
नेपालीहरुको महानचाड बिजया दशमी एक वर्षका लागि बिदा भएको छ । भर्खरै सकिएको दशै सबैले धुमधामका साथ मनाए । वर्षा सकिएपछि दशै परेकाले पनि यसवर्ष रौनक अलि बढी देखियो । आफ्नो कर्मथलोमा रहेकाहरु धेरै जन्म थलो फर्किए । वषौंदेखि अलग्एिका आफन्तहरु बिच सुमधुर मिलन भयो ।
आफन्तहरु विच भेटघाट, मान्यजनको हातबाट टिका लगाएर आर्शिवाद थाप्दै एक वर्षका लागि दशै हामी माझबाट बिदा भएको छ । दशैले एक पटक फेरी नेपालीहरुमा आपसी सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाएको छ । हामी नेपाली चाडपर्व र रीतिरिवाजले धनी छौं । हाम्रा मौलिक पहिचान भनेकै तिनै चाडपर्वहरु हुन् । तर पछिल्लो समय चाडपर्वका नाममा थुप्रै विकृतीहरु भित्रीएका छन् । दशै निकै लामो र ठुलो पर्व हो । १५ दिन सम्म मनाईने पर्वको छुट्टै महत्व छ । राष्ट्रिय चाडको रुपमा मनाइने दशैमा सरकारले पनि लामो बिदा दिने गर्छ । दशै भर मुलुका अत्यावश्यक बाहेक अन्य सेवा सबै ठप्प हुन्छन् । यसबाट राज्यलाई ठूलो नोक्सान हुने कतिपयको तर्क छ । दशै नेपालीको पहिचान भएकाले त्यसो भन्नु नहुने अर्का थरीको दाबी छ । सर्वसाधरण देखि, कर्मचारी, व्यापारी, उद्योगी, राजनीतिकर्मी, पेशाकर्मीहरुले दशैको बाहनामा आफ्नो धर्म निर्वाह गर्न भने छोडेको जस्तो भान हुन थालेको छ । यसलाई रोक्नु पर्छ । एका थरीले कमाउ धन्दा चालउने र सर्वसाधरणले खर्च गरेर उडाउने हो भने दशैको अस्तित्व हराउन सक्छ । यो दशैले सिकाएका राम्रा कुराहरुको अनुसर गर्दै नराम्रा पक्षहरुलाई आगमी दशैमा नदोहोरयाउने प्रढ गरौं ।
बिदा भयो दशै सद्भाव छोडेर
बिदा भयो दशै सद्भाव छोडेर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


