कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ६ गते । हिन्दु नेपालीहरुको ठुलो चाढ वडादसैं सकेर जिल्ला बाहिरीनेहरुको संख्या उल्लेखीनय छ । तर यही मौकामा क्यू बाहेकका सवारी साधानहरुले मनपरी भाडा असुल्न थालेका छन ।
देखाउनकै लागि भए पनि सडकमा पुलिस देखी ट्राफिक प्रहरी देखिन्छन तर त्यही पुलिस र ट्राफिक प्रहरी सवारी धनी र चालक संगको साठगाठका कारण खुलेयाम रुपमा यातायात ब्यवसायी तथा चालकले यात्रु संग मनपरी भाडा असुल्ने गरेको छ । राजधानीको लागि साना सवारीमा ३७० रुपैयाँ तोकिएको र ठुला सवारीमा ३ सय कै हाराहारीमा भाडा लिन पाउने ब्यवस्था भएको भएता पनि उनीहरुले १ हजार रुपैयाँ सम्म असुलेको यात्रुले गुनासो गर्न थालेको छ ।

सवारी साधानले त्यती मात्र नभएर छोटो दुरीमा जानेहरुको लागि स्थान अभाव भएको भन्दै सवारी साधानमा चढन समेत नदिएको यात्रुहरुले गुनासो गरे । जिल्ला सदरमुकाम भएर ग्रामिण क्षेत्रमा जाने सबै सवारी साधन समेत जिल्ला सदरमुका भै राजधानी र चितवन जान थाले पछि ग्रामिण क्षेत्रका सर्व साधारणले झनै सास्ती ब्यहोनु परेको छ । अहिले सर्व साधारण ग्रामिण क्षेत्र बाट जिल्ला सदरमुकाम सम्म ट्रक र ट्याक्टरमा जोखिम यात्रा गर्न बाध्य भएका छन ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने यात्रुलाई टिकट नकाटी सिधै बढी रकम असुल गरेको भन्दै २ वटा सवारी साधनलाई कारवाही गरको छ । गोरखा यातायात र पृथ्वीराजमार्ग बस सञ्चालक समितिको गरी कुल १ सय भन्दा बढी साना ठुला सवारी अहिले राजधानी र चितवनको लागि छुटेको समितिले जानकारी दिएको छ ।



