कैलासबावु श्रेष्ठ/गोरखा
कात्तिक ५ गते । गोरखाको छुट्टाछुट्टै २ स्थानमा सोमबार २ जनाको शव भेटिएको छ । जिल्लाको पालुङ्गटार र सिरानचोकमा १÷१ जना पुरुष र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको दार्मीचौरमा १ जना पुरुष र सिरानचोक गाँउपालिका वडा नम्बर ७ को डाडाँगाँउमा १ महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार दिउँसो ४ः१५ बजे पालुङटार नगरपालिका २ दार्मीचौर बस्ने ५५ बर्षका कर्ण बहादुर सार्कीको मृक्त शरिर घर देखि ५ सय मिटरको देरीमा रहेको नालीमा फेला परेको थियो । बिहान १० बजे घरबाट हिडेकोका सार्की घर नफर्किए पछि खोजतलास गर्दा मृत भेटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी सोमबार नै जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ७ डाडाँगाँउ घर भएकी ४८ बर्षकी सुकमाया नेपाली मृत अबस्था भेटिएकी छिन् । घर नजिकै रहेको कुलगाँउको कच्ची बाटोमा नेपालीको मृत शरिर फेला थियो ।
मृक्तक दुवैको हत्या भएको हो वा होइन भन्ने बारेमा केही खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अध्ययन अनुसन्धान भइरहेको र मृतक दुवैको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गोरखामा ल्याई छ ।


