कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ५ गते । भिरमौरीको मह काड्न जाँदा भिरबाट लडेर गोरखा बारपाकमा १ व्यक्तिको मुत्यु भएको छ ।
गाउँ नजिकै रहेको कुम्र्याह भिरमा रहेको भिर मौरीको मह काढ्न जादा सुलिकोट बारपाक गाउँपालिका वडा नम्बर २ का ५९ बर्षिय जित बहादुर घलेको आइतबार भिरबाट लडेर ज्यान गएको स्थानिय नविन घलेले टेलिफोन मार्फत जानकारी दिएँ ।
छोरालाई लिएर मह काड्न हिडेका घले मह भिक्दै गर्दा एक्कासी चिप्लिएर भिरबाट खसेको मृतकका छोराले गिर्जा घलेले बताए । ‘बाबु चिप्लिएर खसेपछि मैले स्थानियलाई खबर गरेको हुँ । सवैले बुवालाई खोज्दा भिरबाट करिव ३/४ घण्टा पछि बल्ल मृत अबस्थामा फेला पा¥यौ’ छोरो घले भने ।
भिरबाट खसेरका घललेको ५ सय मिटर तल लास फेला परेको स्थानियले बताए । मृक्तक घलेको मृत्त शरिर क्षतबिच्छेद अबस्थामा फेला थियो ।
भिर मौरीले अत्यन्तै जोखिमपूर्ण भिरमा मात्र महका लागि चाका बनाउने भएकोले सुरक्षा सामाग्री नलिइकनै मह झिक्ने काम गोरखामा जोखिम पुर्ण बन्दै गएको छ । यसमा सरोकारवालाले समयमा नै ध्यान दिन सकेन भोलीका दिनमा पनि यस्ता घटना नदोहरीएला भन्न सकिन्न ।


