कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ४ गते । दसैं बिदाको सप्तमी देखी यता आईतबार सम्म आउदा गोरखा बजार क्षेत्रमा मात्रै ३ दुरघटना भएको छ । दुरघटनामा १ महिला गंभिर घाईते भएकी छिन भने अन्य घाईतेहरुको प्रहरी संग कुनै रेकर्ड नै छैन ।
दसैं लागे संगै चालकले रक्सी सेवन गरेर मात्रै मध्य रातमा २ वटा दुरघटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ मा मात्रै ३ वटै दुरघटना भएको हो । आश्चर्य लाग्दो कुरो भने सवै दुरघटना १ सय मिटरको पेरीफेरीमा भएको छ ।
सप्तमी बिहानै पोखरा देखी गोरखा आएको ग. १ ज ६९८७ नम्बरको ट्याक्सी दुरघटना भएको थियो । दुरघटनामा कोही पनि घाईते भएनन । सडक छेवैको खोल्सीमा घोप्टीएको उत्त ट्याक्सी गोरखा मनकामना यातायाता प्रा.लि.गोरखाको हो ।

उत्त ट्याक्सीमा को को सवार थिए त्यो विषयमा समेत ट्राफिक प्रहरी अनविज्ञ छ । त्यस्तै गरी आईतबार बिहान पनि यात्रुबाहक बस चालककै लापरवाहीका कारण गोनपा ८ को कट्टेल चोक नजिकै दुरघटनामा परेको छ । उत्त बसमा यात्रा गर्ने को कति घाईते भए भन्ने बिषयमा समेत ट्राफिक प्रहरी अनविज्ञ छन ।
‘चाढबाढको समय र यात्रुको चाप तथा चालकको लापरवाही कै कारण दुरघटना बढेको’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका सई दया राम पौडेल बताए । ‘बिहान देखी हामीले अबेर राती सम्म हेरेकै छौ तर पनि मध्ये रातमा भएको घटना चालक वा यात्रुले खबर नगरीदिदाँ हामीले जानकारी पाउन नसकेका हौ’ भन्छन पौडेल ।
आईतबार बिहान दुरघटनामा परेको बा. ४ ख ७३८२ नम्बरको बसका चालकले मदिरा सेवन गरे सवारी चलाउदा दुरघटना भएको अनुमान गरीएको छ ।‘ उत्त घटनामा पनि दुरघटना पछि चालक र यात्रु कोहीले पनि खबर नगर्दा बिहान मात्रै सवारी जाम भए पछि थाहा पाएको’ पौडेलको दावी छ ।

‘बिहान मात्रै सवारी जाम भए पछि खबर आयो । हामी गयौ त्यती बेला सम्म दुरघटना भएको बस उठाएर पार्किङ्ग गरी सकेको र चालक वेपत्ता भएका कारण मापेस चेकजाँचमा समस्या भएको’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका ईन्चाज पौडेलले बताए । दुवै घटनामा के कति यात्रु वा चालक घाईते भए भन्ने कुरा आज सम्म पनि सार्वजनिक हुन सकेको छैन । उत्त बस गोरखा कालिका यातायात अन्रतर्गत सञ्चालित हो ।
यता आजै आईतबार बिहान ९ः२५ बजे गोरखा बजार देखी राजधानीको लागि छुटेको ना. ५ ख ५०३६ नम्बरको बसले ग.१४ प ३१८२ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटीमा सवार गोरखा ठिगुरेश्वारका ३३ बर्षिय सोभा बस्नेत गंभिर घाईते भएकी हुन ।
श्रीमानले चलाएको स्कुटी पछाडी बसेकी उनलाई कट्टेल चोकको मोडमा बसको पछिल्लो भागलले ठक्कर दिदाँ दाहिने खुट्टा भाचिएको छ । यो घटनामा पनि बस चालकको लापरवाही देखीएको छ । बसले पुरै सडक च्यापेर हिडदा उत्त घटना भएको थियो । दुरघटना गराएको उत्त बस गोरखा यातायात बस ब्यवसायीमा आवद्व छ ।





















