कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ४ गते । गोरखा बजारको खोलखोले क्षेत्रमा आईतबार बिहान बसले स्कुटीलाई ठक्कर दिदाँ एक जना गंभिर घाईते भएको छ ।
गोरखा बजार देखी राजधानी जादै गरेको यात्रु बाहक बस नां ५ ख ५०३६ नम्बरको बसले ग.१४ प ३१८२ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटीमा सवर गोरखा ठिगुरेश्वारका ३३ बर्षिय सोभा बस्नेत गंभिर घाईते भएकी हुन ।
श्रीमानले चलाएको स्कुटीमा सवार बस्नेतको दाहिने खुट्टा भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बस्नेतलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि राजधानीको ग्राण्डी अस्पताल रिफर गरीएको छ ।
दुरघटनाम संलग्न बसका चालक लक्ष्मण सोडारीलाई प्रहरीले तत्कालै घटना स्थलबाट नै नियन्त्रणमा लिएको छ भने स्कुटी चालक सहदेव भण्डारी सामान्य घाईते भएको छ । घटना बिहान ९ः२५ बजे भएको थियो ।




















