कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ३ गते । दसैंको रौनका रम्न छाडेर गोरखाका केही युवाहरु लिगलिगकोटलाई विश्वसामु चिनाउनका लागि टिष्टा यात्रामा निश्किएका छन ।
सारा गाउँ घर वडादसैंको रौनकमा रमाई रहेको बेला यि युवाहरुलाई भने ऐतिहासिक एवं पर्यटकीय थलो लिगलिगले पिरोलेर टिष्टा यात्राका लागि निश्कीएका हुन ।
एउटै उमेर समूह र मन मिल्ने साथीहरु बिच लिगलिगलाई ऐतिहासिक र पर्यटकीय थलो हो भनेर चिनाउनहरु मोटरसाईकल यात्रामा निश्किएका हुन । लिगलिग आधुनिक ईतिहासको उदगम थलो जहाँ दौडिएर १ बर्षका लागि राजा हुने प्रचलन थियो सोही स्थानको परिचय गराउने उद्वेश्यका साथ सनिबार गोरखा सदरमुकाम छेवैमा रहेको पश्लाङ्ग चौतारोबाट यात्रा प्ररम्भ गरे ।
हुन त पश्लाङ्ग चौतारो पनि ऐतिहासिक महत्वको स्थान हो । जहाँ राजा द्रब्य शाहले १६१६ भाद्र २५ गते राज्याभिषेक गरेका थिए । दसैंको पुर्णीमा दिनमा गोरखाको लिगलिग आएर अन्त्य हुने यात्रामा ८ जना युवाहरुको सहभागिता रहेको छ ।
सनिबार यात्रा प्ररभ्भ गरेको उनीहरु नुवाकोट हुदै राजधानी पुग्ने छन । राजधानीबाट सिन्धुलीगढी हुदै झापामा दोस्रो दिनको यात्रा पछि तेस्रो दिन टिष्टा सम्म पुगेर फर्कने तयारीका साथ यात्राको थालनी गरीएको यात्राका अगुवा किरण गिरीले बताए ।
गोरखाको पश्चिम उत्तरमा रहेको लिगलिग कोटलाई नेपाल एकिकरण पूर्व भएको पहिलो राज्यको रुपमा हेरीन्छ । अहिले यहाँ भग्नावशेषमा परिणत भएको भवन मात्र केही किल्लाहरु छन । यही ठाउँ बाट १४ प्रख्यात हिमालहरुको समेत दृष्याबलोकन गर्न सकिन्छ ।
उत्त यात्रा पुर्णीमाको दिन अन्त्य हुने र सोही दिन टिष्टा देखी ल्याईने जल विर्सजन गरेर यात्राको अन्त्य गरीने गिरीले बताए ।




















