कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक १ गते । गोरखा जिल्लाको पालुङ्गटार गाउँपालिका अत्याधिक रक्सी सेवन बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङ्गटार नगरपालिका १ सातदोबाटोका जुठे नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बाहिर रक्सी पिएर घर आउदै गरेका उनीको लाश बिहीबार बिहान मात्रै सडक छेवैमा लडीरहेको अवस्थामा फेला परेको थियो । प्रहरी कार्यालय घटना स्थल मुचुल्का सहित मृत्यु भएका ब्यक्तीको लास पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनले अत्याधिक रक्सी सेवन गर्दा लडेर मृत्यु भएको अनुमान गरीएको छ । अन्य अनुसन्धान भने भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


