कैलासबावु श्रेष्ठ/गोरखा
असोज ३१ गते । वडा दसैंको आज आठौ दिन अर्थात महा अष्टमी । गोरखाको ऐतिहासिक महत्वकाका गोरखाकाली मन्दिर र मनकामना मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।

धार्मिक महत्व र ऐतिहासिक महत्व दुवै रहेको गोरखाकाली र मनकामना मन्दिरमा बिहानै देखी दर्शनार्थीहरु भिड देखीएको थियो । आजैका दिनमा भाकल अनुसारको देवीलाई बली दिने चलन अनुसार दुवै देवीका मन्दिरमा बली दिनेको समेत लामो लाइन लागेको छ ।

गोरखाकाली मन्दिरमा हजारको हाराहारीमा बलीको संख्या रहेको र त्यती नै संख्यामा मनकामना मन्दिरमा बली रहेको मन्दिरका पुजारीहरुले जानकारी दिएँ ।

गारो सारो पर्दा देवी भाकल गर्ने र पुरा भए आजैका दिन दुवै मन्दिरमा देवीको नाममा पशुलाई बली दिने गरीन्छ । मनकामना मन्दिरमा जाने तिर्थयात्रीहरु केवलकार मार्फत गएका कारण आज केवलकार बन्द हुन पाएन ।
आजै दुवै मन्दिरमा रातीको समयमा कालरात्रीको समेत विशेष पूजा आजा गरीने गर्दछ ।




