कैलासबावु श्रेष्ठ/गोरखा
असोज ३० गते । नवरात्रको सातौं दिन अर्थात आज फुलपाती । परम्परा देखी चल्दै आएको गोरखाको फुलपाती बिहानी साईतमा आज हनुमान ढोका पठाईएको छ ।
गोरखा दरर्बारमा रहेको दसैं घरबाट बिहानी शुभ साईतमा निकालीएको फुलपाती दरर्बार संगै रहेको सतिपिपल डाडाँमा एक कार्यक्रम गरी राजधानी पठाइएको थियो ।

सोमबार साँझ नै दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौषमी फुलहरुलाई एक साथै दरर्बार संगैको जंगलबाट सुसारेहरुले जम्मा गरेर मंगलबार सतिपिपल डाडाँमा ल्याएर राजधानीको हनुमान ढोका पठाइएको हो ।

हनुमान ढोका पठाईएको उत्त फुलपाती गोरखा दरर्बार देखी बाजागाजा सहित गोरखा बजार सम्म रयाली गरेर राजधानी पठाइएको थियो । राजधानी पठाईएको उत्त फुलपाती जमलमा पुरयाउने र जमलबाट हर्ष बढाई र बाजागाजा सहित हनुमान ढोका भित्राउने चलन छ ।

कथ्य र सत्य फरक
शाहबंशको उदगम थलो मानिएको गोरखा दरर्बारलाई छाडेर जब राजधानीको हनुमान ढोकालाई राजकाज चलाउने प्रचलन आयो त्यसै ताका देखी कुद देवताको रुपमा पुज्दै आएको गोरखा दरर्बारबाट हनुमान ढोका फुलपाती लाने गरीएको इतिहास भेटाइन्छ ।
तर हामीले मध्ये धेरैले सुन्दै आएको फुलपातीको कत्थ र सत्य फरक छ । हामीले सुन्दै आएको गोरखा दरर्बार देखी धादिङ्गको जिवनपुर सम्म गोरखाका मगर समुदायले फुलको ढोली लाने र राजधानी देखी आएकाहरुले जिवनपुर देखी जमल सम्म फुलपाती लाने चलन थियो ।

तर पछिल्लो समय नेपालमा राज परीवारले शासन गरेकै ताका ०६६/०६७ बाट गोरखा दरर्बारको फुलपाती सवारी साधान मार्फत हनुमान ढोका लान थालिएको हो । त्यस यता गोरखा दरर्बार बाट कुनै पनि समयमा धादिङ्गको जिवनपुर फुलपाती नगएको गोरखा दरर्बार हेरचाह अडाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।
आज बिहान हनुमान ढोकाका लागि बा.२० च ४३९४ नम्बरको बोलेरो जिपमा फुलपाती पठाइएको छ ।

गोरखा देखी जमल सम्म पुग्ने उत्त फुलपाती कुनै पनि ठाउँमा अवरोध नहोस भनेर जिल्ला प्रशासन कार्यालय गोरखाले सबै जिल्ला संग समन्वय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कार्यक्रममा जानकारी दिए ।

फुलपाती राजधानी पठाउनु अघि प्रजिअ र नगर प्रमुखले सतिपिपल डाडाँ देखी सवारी साधान सम्म आफैले काधमा बोलेर ल्याएका थिए ।
गोरखा र राजधानीको फुलपाती एकै समय
बिहानी साईतमा राजधानी पठाएको फुलपाती र गोरखा दरर्बारमा फुलपाती फर्सने काम एकै समयमा हुने गर्दछ ।
दिउसोको साईत हेरेर राजधानीको जमल देखी हनुमान ढोकामा भित्राउने र गोरखाको सतिपिपल देखी गोरखा दरर्बार एकै समयमा फुलपाती भित्राउने गरीन्छ ।

फुलपाती भित्राउनु पूर्व गोरखा दरर्बार देखी मङ्गलिनीहरुले मङ्गल गित र मालश्री राग गाउदै, बन्दुकेहरु हर्ष बढाई गर्दै र भारबोक्ने भारबाहकहरु फुलपानी पर्सने सिडी सम्म आई पुग्ने गर्दछ । यही सिडीमा बिशेष पूजा गरेर गोरखा दरर्बारको लागि फुलपाती लाने र डाडाँमा आधा घाम तल र आधा घाम माथि भएको बेला दरर्बारको दसैंघरमा फुलपाती भित्राउने चलन छ ।
सरकारले जिम्मा दिएँ गोरखा दरर्बारको फुलपाती हामी चलाउछौं : मेयर पन्त
राजाको शासन संगै धरापमा परेको गोरखाको फुलपातीको संस्कार पुनः बिताउन तयार रहेको गोरखा नगरपालिकाका प्रमुख राजनरात पन्तले बताए । ‘हिजो गोरखाको फुलपाती भनेर ईतिहास कमाएको यो संस्कार मर्दा गोरखाको पर्यटनमा चोट लाग्ने’ भन्दै ‘केन्द्र सरकार र प्रदेश सरकारले गोरखा नगरपालिकालाई जिम्मा दिए आफुहरु पहिलेकै संस्कृती अनुसार फुलपाती र बडादसैंको संस्कार चलाउन तयार रहेको’ बताए ।
पन्तले ‘गोरखा कालिकोको संम्पूण जिम्मा दिएको खण्डमा हिजोकै यथास्थितीमा गोरखकाली मन्दिरको पुुजा संञ्चालन गर्न खर्च आफुहरुले गर्न तयार भएको’ समेत कार्यक्रम बताए । पन्तले ‘अवरोधहरु धेरै छन । त्यस्ता अवरोधहरुलाई पन्छाउदै सबै गोरर्खाली एक जुट हुन आग्रह गरे ।’ तर अवरोध के भन्ने बिषयमा भने पन्तले खुलाउन चाहेनन ।
\



