गोरखा समाचारदाता
पर्वतका अनिश थापा गोरखाको लिगलिगे राजा घोषणा भएका छन् । पालुंटार नगरपालिकाको चेपे र मस्र्यांङ्गदी नदीको दोभानबाट लिगलिगकोटसम्मको दौड प्रतियोगितामा जित हासिल गर्दै अनिश थापाले नवौं राजाको उपाधीसंगै श्रीपेच र नगद हासिल गरेका छन् । पर्वत घर भएका थापाले १३.५ किलोमिटरको दुरी ५८ मिनेट २५ सिेकेण्डमा पार गर्दै राजा हुन सफल भएका हुन् । थापा नेपाली सेनामा कार्यरत छन् । उनलाई एक रात पालुंटारमा राखी नगर परिक्रमा समेत गराइने बताइएको छ ।
१ सय २२ जना धावकलाई पछि पार्दै थापा यस बर्ष लिगलिगका राजा बनेका थापाले श्रीपेचसंगै नगद ६० हजार, ट्रफी, पगरी हात पारेका छन् । त्यससंगै थापा लिगलिगकोटका दुतका रुपमा समेत नियुक्त गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिएका छन् । राजा बन्न सफल थापाललाई संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले श्रीपेच पहिराएका थिए । बाइसे चौविसे राज्य हुदा वि.स. १९०४ सालबाट दौडेर विजयी भई राजा हुने परम्परालाई जर्गेना गर्दै अभियानले ९ बर्षअघिदेखि प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगितामा बाग्लुङ्गका तिर्थ पुन दोस्रो भएका छन् । उनले निर्धारित १३.५ किमीको दुरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । उनले नगद ३५ हजार हात पारेका छन् । त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले ५९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन्, यससंगै बस्नेतले नगद २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका नवौ स्थानसम्म हुन सफल धावकहरुलाई नगद सहित पुरस्कृत गरिएको आयोजक अभियानका अध्यक्ष रानाले बताएका छन् ।
त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । प्रतियोगिता हरेक बर्ष हुने गरेको छ ।
पर्वतका अनिशले पहिरिए लिगलिगकोटमा श्रीपेच
पर्वतका अनिशले पहिरिए लिगलिगकोटमा श्रीपेच
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


