गोरखा समाचारदाता
हिजो आज जिल्लाका अधिकाशं स्थानीय तहमा शुभकामना आदानप्रदान कार्यक्रम भइरहेका छन् । शीर्ष राजनीतिक दलहरु नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाल काँग्रेसका नेताहरुलाई कार्यकता भेटघाट र शुभकामना अदानप्रदानमा भ्याइनभ्याई छ । आईतबार मात्र जिल्लाभर एक दर्जन भन्दा बढि कार्यक्रम भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा गोरखा नगर सयंन्त्रले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कमला नहर्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, नेपका गोरखाका यादव बस्नेत लगायत नेकपा जिल्ला एवं नगर स्तरका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । सोही अबसरमा नेकपा एमालेको तत्कालिन पार्टी कार्यालयलाई नेकपा नगर कार्यालयको रुपमा उद्घाटन समेत गरिको छ ।
यसैगरी नेपाली काँग्रेस नगरकार्यसमितीको आयोजना पनि शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नगर सभापती चन्दनबाबु खत्रीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, जिल्ला सचिव नन्द्रप्रसाद न्यौपाने, प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापती गोबिन्द्र गुरुङ, जिल्ला सदस्य धुब्र पन्त, नेबिसघंका जिल्ला अध्यक्ष रुपबहादुर गुरुङ, पत्रकार महासघंका अध्यक्ष किशोरजंग थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसैविच नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् ।
केही दिन यता जिल्ला रहेका श्रेष्ठ आईतबार भिमसेन थापा गाउँपालिकाको वगुवामा आयोजिक एक कार्यक्रममा सहभागी भएका छन् । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई पनि गृह जिल्ला गोरखा आइपुगेका छन् । खेलकुद मैदान हरमटारीमा जारी दशै सस्तो बजार एवं सडक मेलामा उपस्थित भएर संबोधन गरेका भट्टराई पार्टीको आन्तरिक भेटघाट र शुभकामना आदानप्रदानमा व्यस्त रहेको नयाँ शक्ति पार्टीले बताएको छ ।
त्यस्तै गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेत शुभकामना आदानप्रदानका लागी आरुघाट गाउँपालिका पुगेका छन् । प्रतिनिधि सभा सदस्य चुडामणी खड्का पालुंटार नगरपालिका विभिन्न ठाउँमा जारी कार्यक्रमहरु सहभागी भइहरेको नेकपाले बताएको छ । प्रदेशसभा सदस्यहरु, विभिन्न पार्टीका नेताहरु जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भइरहेका छन् ।


