×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भक्तजनले नयाँ मन्दिरबाट पूजा गर्न नपाउने

  •  
  • आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असोज २८ गते । यो दशैमा पनि भक्तजनले मनकामनाको नयाँ मन्दिरमा पुजा गर्न नपाउने भएका छन् । दशै अघि मन्दिर निर्माण सम्पन्न गरी सर्वसाधरणका लागि खुल्ला गर्ने बताउँदै आएको जिर्णोद्धार समितिले उक्त कुरा असम्भव देखिएको दाबी गरेको छ । ‘सबै भक्तजनसँग माफी माग्दछु, हाम्रो लक्ष्य पुरा भएन’ जिर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने ‘यो दशैमा पनि भक्तजनले नयाँ मन्दिरमा पुजा गर्न पाउनु भएन ।’ २०७४ चैत्र मसान्त सम्मका मन्दिर जिर्णोद्धार सम्पन्न गर्ने लक्ष्यका काम सुरु गरिएपनि समितिले पटक/पटक भाका राख्दै आएको थियो ।

    पछिल्लो पटक यो दशैसम्म सक्ने समितिले दाबी थियो । ‘मन्दिरको काम त सबै सकिएको छ, आँगनमा ढुङ्गा छाप्ने काम बाँकी हुँदा अहिले खुल्ला गर्न सकिएन’ उनले भने ‘दशै लगतै ढुङ्गा छाप्ने काम गर्छौ र मन्दिर खुल्ला गर्ने सोच छ ।’ आगामी तिहार सम्म ढुङ्गा छाप्ने काम सम्पन्न गर्ने श्रेष्ठको दाबी छ । यस वर्षको दशैमा पनि भक्तजनले मन्दिर परिसरमा राखिएको मनकामना भगवतीको प्रतिमा मै पुजा गर्नुपर्ने भएको छ । ‘अन्य काम गर्दा गर्दै वर्खा लागि हाल्यो, वर्खामा ढुङ्गा ल्याउन सकिएन’ अध्यक्ष श्रेष्ठले भने ‘पानी कम हुने बित्तिकै काम सुरु गरेको हो तर भ्याइएन ।’ मन्दिर परिसरमा छाप्नका लागि नुवाकोटबाट ढुङ्गा ल्याएको समितिले वर्खाका कारण मनकामना जाने कच्ची सडक अबरुद्ध भएपछि कुरिटारमै थन्क्याएर राखेको थियो ।

    नाकाबन्दी, काठ अभाव लगाएतका विभिन्न कारणले तोकिएको समय भन्दा धेरै ढिला काम भएको समितिको दाबी छ । १८ किलो सुनको जलप लगाएर निर्माण गरिएको उक्त मन्दिरमा विशेष साइत हेराएर दशकर्म पुजा गर्ने समितिको तयारी छ । ‘माघ अगाडी दशकर्म पुजाको साइत जुरेको छैन, त्यसले काम सक्ने बित्तिकै सर्वसाधरणका लागि मन्दिर खुल्ला गर्छौं’ अध्यक्ष श्रेष्ठले भने ‘साइत जुरेपछि राष्ट्र प्रमुखको उपस्थितीमा दशकर्म पुजा गर्ने हाम्रो योजना छ ।’ उहीँ ठाउँमा, पहिलेको जस्तो मन्दिर बनाइएकाले उद्घाटन भने नहुने उनले स्पष्ट पारेका छन् । ‘जिर्णोद्धार गरिएका मन्दिरको उद्घाटन भन्ने हुँदैन’ श्रेष्ठले भने ‘दशकर्म पुजा नै हाम्रो लागि विशेष हो ।’ नेपालकै ऐतिहासिक उक्त मन्दिर करिब १२ करोड लागतमा निर्माण सम्पन्न हुने समितिको विश्वास छ । ‘सबै हिसाव किताब हुँदैछ’ अध्यक्ष श्रेष्ठले भने ‘अब छिटै अडिट गराएर लागत विवरण सार्वजानिक गछौं ।’

    लामो इतिहास बोकेको उक्त मन्दिरको जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको धेरै वर्ष भएको पनि २०७२ साउनबाट सुरु भएको हो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले मन्दिर दक्षिण पश्चिम ढल्किएपछि जगै बाट भत्किाएर पुनर्निमाण थालिएको थियो ।
    सधै जसो खचाखच भक्तजन हुने मनकामना मन्दिरमा दशैमा झनै भिड लाग्ने गर्छ । तर यसवर्ष पनि भक्तजनले अघिल्ला वर्षमा जस्तै मन्दिर परिसरमा राखिएको देवीको प्रतिमामा पुजा गरेर चित्त बुझाउनु पर्ने वाध्यता छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.