गोरखा समाचारदाता
गोरखा उद्योग वाणिज्य संघले शुभकामना आदानप्रदान गरेको छ । नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली, छठ एवं नेपाल सम्वतको अबसरमा जिल्लाका सरोकारवालाहरु विच शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले निजि क्षेत्रको लगानी बिना जिल्लाको बिकास सम्भव नभएको भन्दै सरकारी निजि साझेदारीमा उत्पादनमुलक काममा जोड दिनुपर्ने बताएका थिए । गोरखाको ऐतिहासिक पर्यटकिय महत्वलाई बुझेर सोही अनुरुप लगानी बढाउन उनीहरुले व्यवसायीलाई सुझाव दिएका छन् ।
संघका अध्यक्ष जिवनज्योती श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, नेकपाका यादव बस्नेत, जिल्ला प्रहरी कार्यालयका बिमल बस्नेत, संघका संस्थापक सचिव धिरज बहादुर मास्के, पूर्व अध्यक्ष ईश्वरकाजी मास्के, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।


