संपादकीय
जिल्ला सदरमुकाममा जारी दशै सस्तो बजार एवं सडक मेलाले ग्राहकलाई बिकल्प दिएको छ । नेपालीहरुको महानचाड बिजया दशमीको सन्र्दभ पारेर आयोजना गरिएको मेलाबाट गोरखाली जनताले फाइदा नै लिएको देखिन्छ । स्थानीयहरुले बिकल्प छान्न पाएका छन् । मेला स्थलबाट सस्तोमा सामान बिक्रि भएपछि बजारका अन्य व्यापारीले चल्तीको भाउ घटाएको छन । यसबाट जिल्लाबासीलाई फाइदा नै भएको देखिन्छ । हरेक बस्तुको मुल्य प्रतिपर्धाबाट निर्धारण हुन्छ भन्ने अर्थ शास्त्रको नियम बल्ल देख्न पाइएको छ ।
यस अघि व्यापारका नाममा सिण्डिकेट जमाएर बसेकाहरु पनि गलेका देखिन्छन् । नेपालको संबिधानले सिण्डिकेटलाई गैरकानूनी भनेको छ । खुल्ला अर्थतन्त्रमा जो सुकैले पनि प्रतिस्पर्धा गर्न पाउनु पर्छ । अहिले चेम्बरले गरेको मेला होस् की केही महिना पछि उद्योग वाणिज्य सघंले गर्ने महोत्सव ग्राहकले बिकल्प पाउनु पर्छ । जारी मेलालाई लिएर जिल्लाका व्यापारी व्यवसायी विभाजित जस्तो देखिन्छन् । यसको घाटा उनीहरुलाई नै बढि देखिन्छ । दुई सस्थाको प्रतिस्पर्धाले सर्वसाधरणलाई फाइदा हुनु राम्रो हो । दशै मेलाको मध्यभाग आएर अहिले समिक्षा गर्ने बेला त भएको छैन तर पनि यो मेला अन्य महोत्सव भन्दा फरक देखिएन । यी गतिविधिले गोरखाको अर्थतन्त्रमा खासै केही योगदान दिएको जस्तो लाग्दैन । बरु मेला आयोजकले भनेका कतिपय कुरा पुरा हुन नसक्दा उनीहरु प्रति सर्वसाधरणको भरोसा कम भएको छ । दशै सुरु भइसक्दा समेत सुपथ मुल्यको चिनी बिक्रि गर्न नसक्नु, स्थानीय उत्पादनलाई प्राथमिकता दिन नसक्नु, खसीबोका उपलब्ध हुने नहुने लगायतका कुरामा सर्वसाधरण विश्वस्त देखिदैनन् । यसबारेमा गम्भिर समिक्षा हुनु जरुरी छ ।
स्वस्थ्य प्रतिस्पर्धा गर
स्वस्थ्य प्रतिस्पर्धा गर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















