गोरखा समाचारदाता
मनकामना बहिरा माविले २० औं वाषिक उत्सव तथा अभिभावका दिवश समारोह सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख रामप्रसाद आर्चाय, स्थानीय शिक्षा अधिकारी सुवासचन्द्र आचार्य, स्रोत व्यक्ति धुव्रराज अर्याल, विशेष स्रोतकक्षा लेखाजोखा संयोजक श्रीराम अर्याल, नेपाल शिक्षक महासंघ गोरखाका अध्यक्ष धुब्रकुमार भट्ट, सल्लाहाकार रामबाबु श्रेष्ठ, गोरखा बहिरा संघका अध्यक्ष रामकुशल पन्त, सहायक प्रधानाध्यपक धन बहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यक अनिल अम्गाईले वार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए । वार्षिक उत्सवको अवसरमा विभिन्न प्रतियोगिता समेत गरिएको थियो । सोही अबसरमा विद्यालयका शिक्षकहरु तीलक कुमारी थापा, सम्झना रेग्मी, अञ्जना आले, शंकर रम्तेल, सुमित्रा अर्याल, अस्मिता श्रेष्ठ, वृह्स्पती गिरीलाई सम्मान गरिएको छ । यसैगरी विद्यालयका कर्मचारीहरु खिलकुमारी भट्ट, श्यामहरी घिमिरे, निरेश गुरुङ र स्थानीय समाजसेवी कमानसिंह राना र वुद्धि बहादुर कुँवरलाई पनि सम्मान गरिएको विद्यालयका प्रअ अम्गाईले जानकारी दिए ।
बहिरा माबिको २० औं वार्षिक उत्सव सम्पन्न
बहिरा माबिको २० औं वार्षिक उत्सव सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


