कैलासबावु श्रेष्ठ/गोरखा
असोज २५ गते । विश्व दृष्टि दिवशको दिन लायन्स क्लब अफ गोरखाले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु बिच अन्तरक्रिया सम्पन्न गरेको छ ।
सदरमुकाममा भएको लायन्सको आफ्नै भवनमा आयोजित अन्तक्रिया कार्यक्रममा प्रस्तावित लायन्स आखाँ अस्पतालले दिने सेवाका बिषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराईएको थियो ।
अस्पतालले केही बर्ष अगाडी देखी दैनिक रुपमा बहिरंग सेवा दिदै आएको र आवश्यता अनुसार २४ सैं घण्टा सेवा दिन समेत तयार रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
अस्पतालका नेत्र सहायक बिशाल ढकालले अस्पतालमा मासिक रुपमा १९ र २० गते निशुल्क आखाँको शल्यक्रिया गराउने गरेको, समुदाय तथा स्कुलमा पनि आखाँ रोग सम्वन्धी शिवीर तथा जनचेतना मुलक कार्यक्रम संचालन गरीनुका साथै आखाँ सम्बन्धी तालिम दिदै आएको जानकारी गराए ।
प्रस्तावित लायन्स आखाँ अस्पतालले गत आर्थिक बर्षमा २ सय ५० जनाको शल्य क्रिया गरेको थियो । कार्यक्रम अच्यूतलाल श्रेष्ठलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सञ्चारकर्मी र लायन्स बिच अन्तरक्रिया सम्पन्न
सञ्चारकर्मी र लायन्स बिच अन्तरक्रिया सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


