कैलासबावु श्रेष्ठ/गोरखा
असोज २५ गते । जिल्ला प्रहरी कार्यालय गोरखाले ६३ औं प्रहरी दिवश विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

कार्यालयको परिषरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा चढाएर अमर प्रहरीको सम्मान गरेका थिए ।

दिवशमा अमर प्रहरीलाई शोक सलामी समेत अर्पण गरीएको थियो । कार्यक्रममा जिल्ला न्याधिकस बसन्तराज पौडेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, जिल्ला समन्वय समितिका जानुका अधिकारी, पूर्व प्रहरी संघका जिल्ला अध्यक्ष नारायण भक्त अर्याल, मानव अधिकारकर्मी दिल बहादुर बस्नेत, विश्वनाथ वाग्ले, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापा, च्याम्बर अध्यक्ष भाईचन्द्र श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ र सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरिक्षकको सन्देश बाचन गनु भएको थियो भने दिवशको पुर्व सन्ध्यामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा बिजयी भएकाहरुलाई पुरस्कार समेत बितरण गरीएको थियो । सोही कार्यक्रममा ७० बर्ष नाघेका पूर्व प्रहरी नारायण भक्त अर्याल र दर्गा भक्त श्रेष्ठ, गोरखाको रातमाटेमा प्रहरी चौकी स्थापनाको लागि जग्गा दान दिने पदम प्रसाद अधिकारी सम्मान गरीएको थियो भने जिल्ला प्रहरी कार्यालय गोरखा र मातहातमा कार्यरत प्रहरीहरुलाई समेत सम्मान गरीएको थियो ।






















