नरेन्द्र ढकाल/गोरखा
असोज २५ गते । राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले अभिलम्ब उत्तरी गोरखाको नाका खोल्नु पर्ने बताएका छन् । गोरखा समाचारसँगको कुराकानीमा उनले छिमेकी मुलुक चिनसँग जोडिएको नाका सञ्चालन ल्याउन सरकारलाई आग्रह गरेका हुन् । ‘अहिले हामीलाई रेल भन्दा सडक चाहिएको छ’ उनले भने ‘बरु धार्चे र चुमनुब्रीलाई सडक सञ्जालले जोडौं, चिनसँगको नाका खोलौं, रेडमार्ग बनाउँदै गरौंला ।’ यहि आश्विन २० गने दशै सस्तो बजार एवं सडक मेलाको उद्घाटन क्रममा नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको ठुलो भु–भाग रेलमार्गले जोडिनेछ भनेको प्रशंगमा उनीले यस्तो बताएका हुन् । ‘नेपालमा रेल आउन राम्रो कुरा हो, यसलाई म नराम्रो भन्दै भन्दिन, गोरखालाई रेलमार्गले समेट्ने कुरा झनै राम्रो हो’ उनले भने ‘तर अहिलेको आवश्यकता सडक को हो, सरकारले ठुलठुलो कुरा गरेर जनतालाई भुलभुलैयामा राख्ने काम गरेको छ ।’ छिमेकी मुलक चिनबाट उत्तरी गोरखा हुँदै ठोरी सम्म जोड्ने व्यापारीक नाका खोल्न आवश्यक रहेको उनको तर्क छ । उक्त सडक बनेपछि सिधै चिन र भारतसँगको व्यपारिक सम्बन्ध स्थापित हुने र त्यसबाट गोरखालाई फाइदा पुग्ने उनले बताए । ‘जतिसक्यो छिटो उत्तरी गोरखा हुँदै चिनसँग सडक सञ्जाल जोड्न सकियो त्यति गोरखालाई फाइदा हुन्छ’ उनले भने ‘जिल्लाबासी समेत भएकाले नाता यो सडक निर्माणका लागि तदारुकता देखाउन जोडदार माग गर्दछु ।’
राष्ट्रिय सभाको जलश्रोत समितिका सदस्य समेत रहेका पाण्डेले सरकारले बुढीगण्डकी आयोजना चिनको गजुवा कम्पनीलाई दिने गरेको निर्णयको पनि बिरोध गरेका छन् । हरेक ठाउँमा असफल भएको गेजुवालाई नै फेरी बुढीगण्डकी बनाउने जिम्मा दिनु आयोजना नबाउने रणनिति भएको उनको आरोप छ । ‘गेजुवा नेपालको सन्र्दभमा असफल कम्पनी हो, उसले जिम्मा लिएका काम हेर्न हो भने सबै प्रष्ट हुन्छ’ उनले भने ‘अन्तराष्ट्रिय प्रतिस्पर्धा गराएर आयोजना निर्माण दिनुपर्छ भन्ने काँग्रेसको धारण हो ।’ स्वदेशी लगानीमा नै आयोजना बनाउन उपयुक्त हुने उनले बताए ।
प्रतिपक्षी दल काँग्रेसले सरकारले गरेका राम्रा कामहरुलाई अतिरञ्जितपुर्ण विरोध ग¥यो भन्ने नेकपाका अध्यक्ष प्रचण्डको आरोप छनी ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘यो सरकारले कुन चाँही राम्रो काम गरेको छ एक,दुई,तिन भनेर देखाइदिनुस्, हामीले बिरोध गर्नु पर्देन सरकारको कामको उहाँहरुकै पार्टी भित्रबाट बिरोध भइरहेको छ ।’ हत्या, हिंसा बलत्कार घटना नियन्त्रण गर्न सरकार असफल भएको उनको आरोप छ । वर्तमान सरकारले महंगी नियन्त्रण गर्न, बिकास निर्माणका कामलाई अगाडी बढाउन नसकेको उनले दाबी गरे । ‘फाल्गुनमा केपी ओली प्रधानमन्त्री हुँदा र अहिलेको मुल्य वृद्धि तुलना गरौं, सामानको भाउ कहाँ पुगेको छ ?’ उनले प्रश्न गरे ‘दिनहुँ बलत्कारका घटना भइरहेका छन खै सुरक्षा ?’
सिण्डिकेटको अन्त्य, सुन तस्कारीमा संलग्नको पहिचान, निर्मला लगायत अन्य ठाउँमा भएका बलत्कार र हत्या काण्डको दोषीको पहिचान लगायतका घटनाका सरकाले उचित पहल गर्न नसकेको उनको आरोप छ ।
रेल भन्दा पहिले सडक आवश्यक छ : पाण्डे
रेल भन्दा पहिले सडक आवश्यक छ : पाण्डे
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


