गोरखा समाचारदाता
गोरखा नगरपालिका १ मा पुनःनिर्माण भएको ताप्लेकोट मन्दिरको उद्घाटन गरिएको छ । २०७२ सालको विनाश कारी भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि बुधबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजन राज पन्तले उद्घाटन गरेका छन् । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हिक्मत बहादुर कुवँरको अध्यक्षता रहेको थियो । गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा बिनियोजन गरेको १० लाख र वडा कार्यालयको २ लाख ५० हजार रकमबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख राजनराज पन्तले नगरभित्र रहेका कोटहरुको संरक्षण, विकास एवम प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रको विकास गर्ने आफ्नो योजना रहेको बताएका छन् । ‘हामीले बुढिकोटदेखि ताप्लेकोटसम्म रहेका सबै कोटको विकास गर्ने गरी योजना बनाएका छौ, कोटहरुलाई पर्यटकिय क्षेत्रका रुपमा चिनाउन चाहान्छौ’ उनले भने ‘यहाँ रहेका मठमन्दिर, धार्मिक सम्पदा, संस्कृती र सँस्कारको संरक्षण गर्दै यहाँको प्रचारप्रसार गरेर हामी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन चाहान्छौ ।’
पर्यटक भित्राउन नसके विकास र संबृद्धि असम्भव रहेको भन्दै उनले ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण र विकासमा नगरपालिकाले काम थालनी गरिसकेको बताएका छन् । ताप्लेकोटको मन्दिर निर्माणका लागि अघिल्लो बर्ष १० लाख रकम छुट्याएको नगरपालिकाले यस बर्षपनि यस क्षेत्रको पूर्वाधार विकासका लागि त्यतिनै रकम बिनियोजन गरेको जनाएको छ । यस मन्दिर वरपरमा जग्गा ब्यवस्थापन गर्न सके नगरपालिका पार्क र पिकनिक स्पोर्टका रुपमा विकास गर्न तयार रहेको नगरप्रमुख पन्तले बताएका छन् । कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, वडासदस्य तुल बहादुर बाँनिया, स्थानीय राजनितिक दलका प्रतिनिधी, समाजसेवी लगायतले मन्तब्य राखेका थिए ।
ताप्लेकोट मन्दिरको उद्घाटन
ताप्लेकोट मन्दिरको उद्घाटन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















