संपादकीय
गोरखा जिल्लाका संभावनाहरु मध्ये पशुपालन व्यवसाय पनि एक हो । डाडाकाडा पहाड पर्वतले ढाकिएको यस जिल्लामा पशुचौपायहरुको लागि प्रस्शत चरण क्षेत्र र आवश्यक घाँस भएको विज्ञहरुले बताईरहेका छन् । त्यसो त हाम्रो पुर्खाहरुको इतिहासलाई कोट्याउने हो भने गोरखामा पहिले पनि पशुपालन व्यवसाय निकै राम्रो थियो ।
अहिले पनि उक्त संभावना नघटेको झनै बढेर गएको छ । उत्तरी गोरखाका नागरिकको मुख्य पेशा मध्ये पशुपालन एक हो । भेडा,च्याङ्ग्रा र चौरी पालन व्यवसाय उत्तरी गोरखामा अझै पनि जारी छ । मानिसको शरिरलाई चाहिने खाद्य पदार्थहरु मध्ये सबै भन्दा महत्वपुण मानिएको दुध, दही, माछा मासुको मुख्य श्रोत पशुपन्छीहरुको माग बढ्दै गईरहेको छ । तर पछिल्लो समय पशुपालन गर्ने मानिसहरुको संख्यामा कमि आएको विभिन्न अध्ययनहरुले देखाएको छ । सरकारले पशुपालनलाई व्यवसायिक रुप प्रदान गर्न विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही अनुरुप केही प्रयासहरु त थालिएका छन् तर प्रयाप्त छैन् । गोरखा जिल्लामा कति दुध,दही,माछा, मासुको माग छ भन्ने आधिकारिक तथ्याङ्क त छैन तर जिल्लामा आवश्यक उल्लेखित सबै खाद्यबस्तुहरु बाहिर बाट ल्याउनु पर्ने बाध्यता छ । केही वर्ष अघि सम्म यहाँ उत्पादित खाद्य पदार्थ अन्यत्र लैजाने गरेको भए पनि अहिले अवस्था फेरिएको छ । कृषि एवं पशुपालन पेशालाई हेयको दृष्टिकोणले हेर्ने परिपाटीले पनि अहिले युवाहरु यो पेशा तर्फ आकर्षित हुन सकिरहेका छैनन् । अबको विकास समृद्धिका लागि पशुपालन पेशालाई व्यवसायिक बनाउनु जरुरी छ ।
पशुपालनलाई जोड देऊ
पशुपालनलाई जोड देऊ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


