नरेन्द्र ढकाल/गोरखा
असोज २४ गते । यतिबेला जिल्लाका अधिकाशं स्थानीय तह नदीजन्य पदार्थको उत्थनन अनुमती दिनका लागि आवश्यक प्रक्रियामा जुटिरहेका छन् । जिल्ला समन्वय समितिबाट टिओआर स्वीकृत भएका स्थानीय तहहरुले प्रारम्भिक वातावरण मुल्याङ्कन प्रतिवेदन आइई तयार गरिरहेका छन् । उक्त प्रतिवदेन जिल्ला समन्वय समितिले स्वीकृत गरेपछि मात्र नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाउने बाटो खुल्छ । नदीजन्य पदार्थ उत्खननका कारण बिकास निर्माणको काम प्रभावित भएको दाबी गर्ने जिल्लाका कुनै पनि स्थानीय तहले अहिले सम्म आइई रिर्पोट स्वीकृत गराउन सकेका छैनन । ‘विगतमा के हुन्थ्यो हामीलाई थाहा छैन, आफ्नो आँखाले नहेरी अहिले हामी स्वीकृती दिन सक्दैनौं’ जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भने ‘सोही अनुरुप अनुगमन भइरहेको छ ।’ साबिकको जिल्ला बिकासले आवश्यक अध्यायन नगरी आइई गर्ने गरेको भन्दै जिससले स्थलगत अनुगमन बिना प्रतिवेदन स्वीकृत नगर्ने दाबी गरेको छ । सोही अनुरुप टिओआर स्वीकृत भएको पालुंटार नगरपालिका र सिरानचोक गाउँपाकिलाको सम्भावित घाटहरुको अनुगमन गरिएको जिसस प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए । ‘इन्टरनेटबाट फोटो तानेर अफिसमा बसेर बनाएको रिर्पोटलाई हामी कुनै पनि हालतमा स्वीकृती दिदैनौं’ उनले भने ‘उहाँहरुले फिल्डमा गएर रिर्पोट बनाउनु पर्छ, हामी पनि फिल्डमै गएर अनुगमन गर्छौ अनि मात्र स्वीकृती कुरा हुन्छ ।’ वर्षेनी आउने बर्खाको भेलले घाटहरुको स्वरुप परिवर्तन गएकाले भएकाले प्राविधिकहरुलाई स्थलगत रुपमा उपस्थित गराएर आइई रिर्पोट बनाउनु पर्ने जिल्ला समन्वय समितिको तर्क छ ।
सोका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रशासन, वन डिभिजन लगायतका प्रतिनिधिहरु सहितको प्राविधिक टोलीले स्थलगत अनुमन सुरु गरेको धितालले बताए । ‘पालुंटार र सिरानचोकको अनुगमन भइसकेको छ’ उनले भने ‘रिर्पोट तयार गर्दै गरेका अन्यको पनि छिट्टै अनुमन गछौं ।’ नदीजन्य पदार्थको उत्खन्न अनुमती दिन जिल्ला समन्वय समितिले ढिलाई गर्दा बिकास निर्माणको काम प्रभावित भएको स्थानीय तहको गुनासो छ । यस वर्षबाट नदीजन्य पदार्थ उत्खन्नको ठेक्का सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिईएको छ भने अनुमती जिससले प्रदान गनुपर्ने छ । यस अघि उक्त काम साबिकको जिल्ला बिकास समितिले गर्थो भने गत वर्ष समन्वय समितिले गरेको थियो ।
अनुगमन बिना ठेक्का अनुमती नदिने जिससको तयारी
अनुगमन बिना ठेक्का अनुमती नदिने जिससको तयारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


