गोरखा समाचारदाता
वियजा दशमीको अबसरमा प्रभात किरण मावि लापुले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । धार्चे ७ गोरखामा अवस्थित उक्त विद्यालयले अभिभावक, विद्यार्थी र शिक्षकहरु विच शुभकामना आदानप्रदान कार्यक्रम गरेको शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका सदस्य पुताल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक सन्सरी गुरुङ, रिषवदेव रेग्मी, श्यामबहादुर नेपाली, कृतिका गुरुङ , कक्षा १० का छात्र रोशन गुरुङ, ९ की छात्रा कृष्णा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा विद्यालयका अभिभावकहरुलाई पहिलो त्रैमासिक परिक्षाको नतिजा बारे जानकारी समेत गराइएको शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिए ।
प्रभातकिरणमा शुभकामना आदानप्रदान
प्रभातकिरणमा शुभकामना आदानप्रदान
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


