×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

समसायिक बिषयमा नयाँ शक्तिको चासो

  •  
  • मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    नयाँ शक्ति पार्टी नेपाल गोरखाले जिल्लाको समसायिक बिषयलाई समेटेर ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय जिल्लामा देखिएका बिभिन्न समस्यालाई समेटेर नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा भुकम्पपिडितले पुनःनिर्माणमा भोग्नुपरेका समस्या, नजिकिदै गरेको चाडवाडलाई मौका छोपेर कालोबजारी मौलाएको, गोरखा दरबार पुनःनिर्माणमा ढिलासुस्ती भएको, बुढिगण्डकी आयोजनाका प्रभावितका समस्या लगायतका बिषयबस्तु ज्ञापन पत्रमा समेटिएका छन् ।
    नयाँ शक्ति गोरखाका संयोजक ज्ञानेन्द्र कुमालले हस्ताक्षर गरेको १० बुदे ज्ञापन पत्रमा लेखिएको छ ‘नजिकिदै गरेको दशै तिहार लगायतको चाडवाडमा कालोबजारी मौलाउन सक्ने सम्भावना रहेकाले अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाइयोस्’ पत्रमा उल्लेख छ ‘भुकम्प गएको ३ बर्ष ५ महिना बित्दा अझै कैयौं जनाताहरुको घर पुनःनिर्माण हुन सकेको छैन । अझै कैयौंको नाम लाभग्राहीमा समेत छुट भएको छ, यसले गर्दा भुकम्पपिडितले सास्ती भोग्नुपरेकाले तत्काल समस्या समाधान गरियोस् ।’
    देशमा पछिल्लो समय हत्या हिंशा र बलत्कार बढेको र राज्यको संयन्त्र फितलो र निरिह देखिएको भन्दै नयाँशक्तिले देश जटिल अराजकता तर्फ उन्मुख हुन सक्ने खतारा प्रति चिन्ता ब्यक्त गरेको छ । त्यस्तै पछिल्लो समय सरकारले हचुवाको भरमा जगाभावी कर थोपर्ने काम गरेको भन्दै तत्काल कर आतंक बन्द गर्न समेत माग गरिएको छ । चाडवाड नजिकिदै गर्दा उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै पत्रमा लेखिएको छ ‘नेपाल आयल निगमले बिना टेण्डर वाइडबडी जहाज खरिदका क्रममा अनियमितता र भ्रष्ट्राचार भएको र तत्काल सम्बन्धितलाई कारबाही गरियोस्’ पत्रमा उल्लेख छ ।
    त्यस्तै ३३ किलो सुन तस्करीका नाइकेहरुलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै नयाँ शक्तिले सरकार नै अपराधीको संरक्षणमा लागेको आरोप लगाएको छ । त्यस्तै बुढिगण्डकी जलविद्युत आयोजना गेजुवा कम्पनीलाई दिने सरकारी निर्णय राष्ट्रघाती कदम भएको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिई स्वदेशी लगानीमै निर्माण गर्न माग गरेको छ । यसैगरी बुढिगण्डकी प्रभावित क्षेत्रमा लगाइएको लाभकर हटाउनुपर्ने भन्दै नयाँशक्तिले मुआब्जा निर्धारण नभएका क्षेत्रमा तत्काल प्रकृया अघि बढाउन समेत माग गरेको छ । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गौतम भण्डारीले तत्काल प्रधानमन्त्रीलाई पठाउने बताए । नयाँ शक्तिले सोमबार गण्डकी प्रदेश भरीका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.