रखा समाचारदाता
असोज २३ गते । अजिरकोट ४ सिम्जुङ्गमा राष्ट्रिय प्रशारणको विद्युत लाइन बिस्तार भएको छ । २०७२ बैखाख १२ गते गएको भूकम्पले झ्याल्ले खोला लघु जलविद्युत आयोजना भत्काएपछि ४१ महिना देखि अन्धकारमा बसेका स्थानीयले अब विजुली बाल्न पाउने भएका छन् । यस अघि राष्ट्रिय प्रशारण लाइन बिस्तार नभइसकेको सिम्जुङमा विद्युत प्राधिकरण वितरण शाखा गोरखाको ८५ लाख लागतमा बिद्युत बिस्तार भएको हो । सोमबार एक कार्यक्रमका विच उक्त विद्युत सेवाको गण्डकी प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीले उद्घाटन गर्नुभएको छन । वडा अध्यक्ष जंगबहादुर गुरुङ अध्यक्षता तथा प्रदेश सभा सदस्य दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाका प्रमुख माधव न्यौपाने, नेपाली काँग्रेस जिल्ला उपसभापती सुकेदव दवाडी, हिमाली मावि व्यवस्थापन समितिका अध्यक्ष मञ्जु खनाल, प्रअ इन्द्रकुमार मिश्र, शिवालय प्राविका प्रअ राजेश क्षेत्री, ऋषिराम लामिछाने, उमाकान्त दवाडी, कमला दवाडी, श्याम गुरुङ, डालचन्द्र कोइराला लगायतले मन्तव्य राखेकोे वडा सदस्य देवीदक्त दवाडीले जानकारी दिए ।
सिम्जुङमा ४१ महिना पछि बिजुली
सिम्जुङमा ४१ महिना पछि बिजुली
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















