×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्रोत केन्द्र निर्माणका लागि १० रुपयाँ सहयोग अभियान

  •  
  • सोमबार, असोज २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असोज २१ गते । जिल्लामा आइतबारबाट १० रुपयाँ सहयोग अभियान सुरु भएको छ । एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले गोरखामा अन्तराष्ट्रिय स्रोत केन्द्र निर्माणको लागि उक्त अभियान सुरु गरेको हो । ‘हामीले जतिपनि देश घुमेयौं भने संसारले हेर्न भनेको संग्रालय रहेछ, विश्वले इतिहासलाई सग्रालयमा थुनेर राखेको छ’ एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले भने ‘हामी पनि हाम्रो इतिहास जिबन्त राख्न चाहान्छौ, त्यसैले यो अभियान सुरु गरेका हौं ।’ १० रुपयाँ क्यापियन नाम दिएको उक्त अभियान मार्फत देश तथा विदेशमा आर्थिक संकलन गरिने त्यसबाट जम्मा भएको रकमले गोरखा नगरपालिका वडा नम्बर १० बिरेनचोकमा अन्तराष्ट्रिय स्रोत केन्द्र स्थापना गर्ने कार्यन्योजना बनाइएको छ ।
    सोही अनुरुप आईतबारबाट उक्त अभियानको थालनी भएको छ । राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले एक सय रुपयाँ दिएर उक्त अभियानको थालनी गरेका हुन । ‘जसले हामीलाई सहयोग गर्नुहुन्छ उहाँहरुबाट कम्तीमा १० रुपयाँ लिन्छौ’ कार्यकारी निर्देशक देवकोटाले भने ‘सहयोगी मन हुनेहरुले सो भन्दा धेरै पनि सहयोग गर्न सक्नुहुन्छ ।’ देशभरका हरेक नेपाली घरमा र विश्वका ३० भन्दा बढि देशहरुमा अभियान सञ्चालन गर्ने र संकलन भएको रकमले अन्तराष्ट्रिय स्रोत केन्द्र निर्माण गर्ने उनले बताए । उक्त स्रोत केन्द्रमा नेपालका ख्याती प्राप्त व्यक्तिको तस्बिर सहितको जानकारी, नेपालका मौलिक कला सस्कृतिको संग्रह गरिनुका साथै नेपालको पहिचान झल्केन विभिन्न कुराहरु राखिनेछ । ‘हामीले पूर्वीय दर्शन र यहाँका परम्परा र इतिहासलाई समेटेर त्यो सग्राहालय बनाउने छौ’ उनले भने ‘जहाँ नेपालको सम्पुर्ण चित्र देख्न सकिने छ ।’
    उक्त स्रोत केन्द्रमा अन्तराष्ट्रिय स्तरका १० वटा भन्दा बढि तालिम केन्द्रहरु, सय भन्दा बढि आवासिय कोठा निर्माण गर्ने योजना छ । हरेक तालिम केन्द्रलाई एक÷एक वटा प्रदेश र त्यहाँ बन्ने हरेक आवासिय कोठाहरुमा जिल्लाहरुको नामकरण गर्ने उनले बताए । ‘प्रदेशको नाममा रहेका हलहरुमा सम्बन्धित प्रदेशको जानकारी राख्नेछौ’ देवकोटाले भने ‘जिल्लाका नाममा रहने आवासियक कोठाहरुमा सम्बन्धित जिल्लाको जानकारी रहनेछ ।’ गोरखालाई विश्व मानचित्रमा चिनाउनुका साथै, आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो । कार्यक्रमको सुभारम्भ गदै राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाल ऐतिहासिक धार्मिक र पर्यटकिय हिसाबले भरिपूर्ण देश भएको भन्दै इतिहासलाई सग्रह गर्न सके त्यसबाट ठूलो आर्थिक उन्नती गर्न सकिने बताए । ‘हामीले हाम्रा पहिचानलाई विश्व सामु सेल्स गर्न सकेका छैनौं’ उनले भने ‘गोरखा जस्तो ऐतिहासिक धार्मिक र पर्यटकिय जिल्लामा अन्तराष्ट्रिय स्तरको स्रोत केन्द्र बनाउन सकियो भने त्यसले यो क्षेत्रको कार्यापलट गर्ने छ ।’
    १० वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त स्रोतकेन्द्र निर्माणका लागि आर्थिक संकलनलाई तिब्रता दिने एकिकरण नेपालले जनाएका छ । गोरखाको सामाजिक क्षेत्रमा क्रियाशिल एकिकरण नेपालले आफ्नो १० औ स्थापना दिवश पनि मनाएको छ । एकिकरण नेपालका अध्यक्ष कृष्ण बहादुर कोइरालाको अध्यक्षता तथा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता पाण्डेका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, गोरखा नगरपाकिला प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङ, हेर्ड नेपालका अध्यक्ष प्रताभराज वन्त, केएर नेपालका प्रमुख माधब ढकाल, संस्थाका सल्लाहाकारहरु स्थानेश्वर दुवाडी र किशोरजंग थापा लगायतले मन्तव्य राखेको सचिव दुर्गा गुरुङले जानकारी दिइन । कार्यक्रममा कार्यकारी निर्देशक देवकोटाले हाल सम्म भए गरेका काम बारे जानकारी गराएका थिए । सोही अबसरमा उत्कृष्ट काम गर्ने र सस्थाको जग्गा खरिदका लागि सहयोग गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.