कैलासबावु श्रेष्ठ/गोरखा
असोज २१ गते । नेकपा जिल्ला पार्टी गोरखाले जिल्ला भित्रको सवै स्थानिय तहमा पार्टी एकताका लागि कार्यदल बनाउने निणर्य गरेको छ ।
नेकपा जिल्ला पार्टीले सदरमुकाममा पत्रकार सम्मेलन गरेर एकताका लागि संयुक्त कार्यदल निर्माण गर्न लागेको जानकारी दिएको थियो । बैठकले ११ ओटै स्थानियत तहमा कार्यदल बनाउने पत्रकार सम्मेलनमा जिल्ला इन्र्चाज कृष्ण धितालले जानकारी दिए ।
नगरपालिकाका लागि ४/४ जना सदस्य र गाउँपालिकाहरुमा ३/३ जना सदस्य रहने गरी संयन्त्र निर्माण गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
जिल्ला स्तरमा बनेको कार्यदलको बैठकले भने यस अघि तत्कालिन एकिकृत नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय रहेको भवनलाई नेकपाको कार्यालय बनाउने तात्कालिन नेकपा एमालेको कार्यालयलाई जनबर्गिय संगठनको कार्यालय र पुस्तकालय भवन बनाउने निर्णय समेत सार्वजनक गरीएको थियो ।
बैठकले आउदो कात्तिक मसान्त भित्र जिल्ला भित्रका सवै स्थानिय तहमा पार्टी एकताको काम सपन्न गर्ने र जिल्ला पार्टीको पूर्ण एकता भइनसक्दा सम्म पार्टीको बैठक बस्दा आलोपालो अध्यक्षता गर्ने सहमती समेत गरेको पत्रकार सम्मेनमा जानकारी गराइयो ।
गोरखा जिल्लामा २ ओटा नगरपालिका र ९ ओटा गाउँपालिकहरु छन् ।


