गोरखा समाचारदाता
उद्यमशिल कृषि सहकारी सस्था लिमिटेडको अधिवेशनले भरत ढकालको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति गठन गरेको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ को उक्त सहकारी सस्थाको छैटौं साधारण सभा एवं तेश्रो अधिवेशनले अम्बर बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा रामेश्वर तिमल्सिना, सचिव डिल बहादुर श्रेष्ठ, कोषाध्यक्ष धन नारायण श्रेष्ठ, सह सचिव कल्पना श्रेष्ठ रहेको उक्त संस्थाको सञ्चालक सदस्यहरुमा चुणा बहादुर पन्थ, लिला बहादुर श्रेष्ठ, सानुमैया थापा, रेशम कुमार श्रेष्ठ, दीपक गैरे र हिरा श्रेष्ठ रहेका छन् भने लेखा सदस्यमा भक्त बहादुर श्रेष्ठ र पवन थापा रहेको अधिवेशनका निर्वाचन संयोजक झंकनाथ सिंखडाले जानकारी दिए
संस्थाका अध्यक्ष ढकालको अध्यक्षता तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तलाजात फलफुल जोन ईकाई, गोरखाका वरिष्ठ कृषि अधिकृत अजय अधिकारीको प्रमुख आतिथ्यता र भिमसेन थापा गाँउपालिका वडा नं. ७ का वडा अध्यक्ष नारायण श्रेष्ठको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष धन नारायण श्रेष्ठले २६ लाख १४ हजार त्रिहत्तर रुपैयाँ सम्पत्ति तथा दायित्व र दुई लाख ४९ हजार तिनसय पन्चाननब्बे रुपैंयाको नाफा हिसाब पेश गरेका थिए । कार्यक्रममा गाँउपालिकाका वडा नं. ७ का महिला प्रतिनिधी मालती तिवारी ढकाल, नारायणपुर कृषि सहकारी संस्थाका राम प्रसाद पाण्डे, सिर्जनशील साकोसका मुक्तिनाथ ढकाल, भिमकुल साकोसका कृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
उद्यमशिल कृषि सहकारीको अधिवेशन सम्पन्न
उद्यमशिल कृषि सहकारीको अधिवेशन सम्पन्न
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


