कैलासबावु श्रेष्ठ/गोरखा
असोज १९ गते । गोरखा सदरमुकाममा रहेको सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले भारतीय भू.पु.सैनिक परिवार संग शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
भारतीय भू.पु.सैनिक सेवा केन्द्रको समन्वयमा तमु छोंज धि को कार्यालयमा भएको कार्यक्रममा सहरकारी संस्थाका अध्यक्ष अच्युचलाल श्रेष्ठले भारतीय भू.पु.हरुले अहिले सम्म पनि तनहुँको आँबुखैरेनी बजारबाट पेन्सन बुझनु पर्ने बाध्यतालाई सहजीकरण गर्दै आगामी दिनमा सहकारीबाट नै गोरखा बजारमा सेवा दिन तयार रहेको भन्दै यस्तो कार्यका लागि भारतीय भू.पु.सैनिक परिवारबाट सहयोगको अपेक्षा गरेको बताए ।
जिल्ला भित्र रहेको ७ हजार भन्दा बढी भारतीय भू.पु.सैनिक परिवारले तनहुँको आँबुखैरेनीमा रहेको एसबिआई बैंकबाट पेन्सन लिदै आएकोमा बैंकको समन्वयमा केही महिना भित्रै गोरखा बजारमा बाट सहकारी मार्फत सेवा दिने तयारी भै रहेको सहकारीले जानकारी गराएको छ ।
पेन्सन लिन २४ किलो मिटर टाढाको बजार सम्म पुग्दा पैसा चोरी हुने देखी हराउने वा नासिने डरका कारण धेरै जसो पेन्सनले गोरखा बजारमा नै भारतीय पेन्सन पाउने ब्यवस्थाका लागि भारतीय भू.पु.सैनिक सेवा केन्द्रलाई दवाव दिई रहेका छन ।
बिजयाँ दशमी एवं शुभ दिपावलीको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहकारी र भारतीय भू.पु.सैनिकका परिवारहरुले आ–आफ्नो धारणा राखेका थिए ।


