कैलासबावु श्रेष्ठ/गोरखा
असोज १९ गते । विप्लप माओवादीका ३ जना कार्यकता शुक्रबार बिहान गोरखा सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु वालपेन्टीङ गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएका हुन ।
गोरखा सदरमुकामको खेलकुद मैदानमा जाने बाटोमा वालपेन्टङ गरी रहेका योगेन्द्र कुमाल, सुसान्त सुवेदी र रामबहादुर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी महेन्द्र नेपालले बताए ।
नियन्त्रणमा लिए पछि उनीहरुले गरेका वालपेन्टी मेटाउने काम भै रहेको छ । कुमाल यस अघि पनि पक्राउ परेर केही साता पछि छुटेका हुन । कुमाल जिल्ला ईन्जाच हुन भने सुवेदी बिद्यार्थी अध्यक्ष र लामिछाने पार्टी ईलाका सदस्य हुन ।


