संपादकीय
सरकारी र सार्वजानिक सम्पत्तिहरुको उचित रेखदेख भएको पाइदैन । हामी नेपालीहरु व्यक्तिगत सम्पतीलाई मात्र आफ्नो ठान्छौ । आफैले तिरेको करबाट बनेका करोडौंको संरचनाको उचित रेखदेख गर्न नसक्दा राज्यको लगानी यसै खेर गइरहेको हुन्छ । अहिले जिल्ला सदरमुकाममा विभिन्न सरकारी कार्यालय भवन बनिरहेका छन् । करोडौंको लगानीमा निर्माण भइरहेका उक्त कार्यालय भवनहरु कसरी निर्माण भइहरहेका छन् ।
कस्तो निर्माण सामाग्रीको प्रयोग भएको छ । गुणस्तरिय छ छैन भन्ने बारेमा सरोकारवालाहरु बेखबर छन् । व्यक्तिगत सम्पत्ती भएको भए त्यसमा मानिसको चासो अर्के हुन्थ्यो । यो त बन्न लागेका भवनको कुरा भयो । हाल भएका सरकारी सम्पत्तीको संरक्षणमा हामीले कति चासो दिएका छौ त ? त्यसको उचित संरक्षण हुन नसकेको देखिन्छ । अहिले मुलुक संघियतामा गएपछि जिल्लामा ठुला कार्यालय भवनहरु बनिरहेका छन् । केही समय अघि बनेका कतिपय भवनहरु रित्ता हुन थालेका छन् । अब बन्ने कतिपय भवनमा साबिकमा भनिएको कार्यालय नरहने पनि सक्ने देखिन्छ । यस्तो अबस्थामा उचित नीति बनाएर ती सरकारी सम्पत्ती संरक्षणमा सरोकारवालाले चासो नदेखाउने हो भने राज्यको ठूलो धन राशी यसै खेर जान सक्छ । अहिले त स्थानीय सरकार पनि बनेको छ । स्थानीय सरकारले आवश्यक नीति बनाएर त्यसको परिचालन गर्न सक्नु पर्छ । सरकारी सम्पत्ती यसै थोत्रिन दिनु भन्दा आवश्यक ठाउँमा प्रयोग गर्नु राम्रो हो । व्यक्तिगत सम्पत्ती जस्तै सरकारी र सार्वजानिक सम्पत्तीको माया र संरक्षण गर्ने सोच, जनप्रतिनिधि, कर्मचारी र जनतामा पनि बिकास गराउनु आवश्यक छ ।
सरकारी सम्पत्तीकोे सदुपयोग गर
सरकारी सम्पत्तीकोे सदुपयोग गर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


