×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आरुघाट बजार क्षेत्र निर्धारण प्रति सर्वोच्चको चासो

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    असोज १९ गते । आरुघाट बजार क्षेत्र निर्धारणका विषयमा त्यहाँका स्थानीयले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने उही प्रकृतिको भु–भागलाई अगल गर्ने निर्णय भएको उनीहरुको आरोप छ । ‘आरुघाट क्षेत्र निर्धारण गर्दा पूवाग्रह भयो’ मंगलटारका स्थानीय दिलिप ढकालले भने ‘उही प्रकृतिको भुगोललाई छुट्याएर गम्भिर गल्ती भएको छ ।’ २०७५ बैशाख ७ गते बसेको बुढीगण्डकी आयोजना वातवारण, मुआब्जा वितरण पुर्नबास तथा पुर्नस्थापना समितिको बैठकले चापानी खोला सम्मलाई मात्र आरुघाट क्षेत्र निर्धारण गरेको थियो । ‘हामी प्रति ठूलो अन्याय भयो, वर्षौ देखि आरुघाट क्षेत्र भनिएको मंगलटार, सिमरा र शान्तिबजार अलग्याइयो’ ढकालले भने ‘राज्यबाट काखा र पाखा गर्ने काम भयो ।’ उक्त निर्णय पक्षपात पुर्ण भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । डुबान प्रभावित दिलिप ढकालले यही अशोज ९ गते रिट दायर गरेका हुन् । उक्त रिट उपर सर्वोच्व अदालतका न्यायधिस चोलेन्द्र शमसेर जवराको एकल इजालासले यही अशोज ११ गते कारण देखाउ आदेश जारी गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाण्डौं, उर्जा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय गोरखा, बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको कार्यालय विपक्षी बनाएर दायर गरिएको रिटमा आरुघाट क्षेत्र निर्धारण गर्दा मंगलटार, सिमरा र शान्ती बजारलाई किन नराखिएको हो ? भनि १५ दिन भित्र जवाफ पेश गर्न भनिएको छ । ‘हातको दुईलाखमा किनबेच भएको जमिनलाई रोपनीको ८ लाखका दरले मुआब्जा वितरण गर्न लागिएको छ’ रिट दायर कर्ता ढकालले भने ‘बाबु बाजेको पाला देखि आरुघाट भनेर चिनिएको ठाउँलाई अहिले छुट्याउने काम भयो, जसबाट हामी आर्थिक रुपमा ठगिने अबस्थामा पुगेका छौ ।’
    नेपालको संबिधानको धारा ४६ र १ सय ३३ को उपधारा २ र ३ अनुसार बुढीगण्डकी आयोजना वातवारण मुआब्जा वितरण पुर्नबास तथा पुर्नस्थापना समितिले २०७५ बैशाख ७ गते गरेको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरी आरुघाट, मंगलटार, सिमरा र शान्तिबजारलाई आरुघाट बजार क्षेत्र कायम गरी एकै प्रकारको मुल्य निर्धारण गरी, मुआब्जा वितरण गर्नु गराउनु भनि, सर्वोच्च अदालतमा दायर भएको उत्प्रेषणयुक्त प्रमादेश लगायत जो चाहिने, उपर्युक्त आज्ञा आदेश जारी गरी पाउँ भनि सर्वोच्चमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।

    बुढीगण्डकी आयोजना निर्माणक्रम डुबानमा पर्ने गोरखा र धादिङका साबिकका २७ गाबिसका जग्गा सरकारले अधिकरण गरेर आरुघाट क्षेत्र बाहेक अन्यत्रको मुआब्जा निधारण गरिसकेको छ । गोरखाको दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचित आरुघाट क्षेत्रमा साबिकमा निर्धारण भएको मुआब्जा रकम प्रयाप्त नहुने भनी विशेष अध्ययन पछि मात्र मुआब्जा निर्धारण गर्ने निर्णय भएपनि हाल सम्म मुआब्जा तोकिएको छैन् । आरुघाट बजार क्षेत्र कति कायम हुने भन्ने लामो समय सम्म रहेको बिबाद गत बैशाखमा टुंग्याइएको थियो । उक्त निर्णय पूर्वाग्रही भएको मंगलटार, सिमरा र शान्तीबजारका स्थानीयको गुनासो छ । सो क्षेत्रमा मात्र झण्डै १ हजार घरधुरी रहेको स्थानीयको दाबी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.