गोरखा समाचारदाता
सार्वजानिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन जिल्लाका सरोकारवालाहरुले सुझाव दिएका छन् । सार्वजानिक खरिद अनुगमन कार्यालय काठमाण्डौको आयोजनामा जिल्ला सदरमुकाममा भएको सार्वजानिक खरिद ऐन सम्बन्धी वृहत अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले ऐनमा भएका केही प्रावधानहरुले अत्यावश्यक काम गर्न समस्या भएको भन्दै लचिलो बनाउनुपर्ने तर्क गरेका छन । कार्यक्रमका केही सहभागीले भने सार्वाजानिक खरिद ऐन र नियमावली २०६४ मा भएको प्रावधानहरु अक्षरस कार्यान्वयन नहुँदा अनियमिताहरु मौलाएको आरोप लगाएका छन ।
उक्त ऐनले अहिलेको संघिय संरचनामा हुने खरिद प्रक्रियालाई समेट्न नसकेको भन्दै परिस्कृत गर्नुपर्ने कतिपयको सुझाव छ । सार्वजानिक खरिद अनुगमन कार्यालय काठमाण्डौका रामचन्द्र शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख श्रीधर ज्ञावलीले सार्वजानिक खरिद ऐन, नियमावली, यसका प्रावधानहरु, सार्वजाकि खरिद प्रक्रियामा अपनाउनु पर्ने कुराहरु लगायतका बारेमा सहजिकरण गरेको थिए ।
कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका महासचिव राजुबाबु श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, निर्माण व्यवसायी सघंका केन्द्रिय सदस्य उत्तम भट्ट, स्थानीय तहका प्रतिनिधिहरु लगायतले मन्तव्य राखेका थिए ।


