गोरखा समाचारदाता
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुले पहल सुरु गरेको छ ।
जसअनुसार हिमाली मावी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष नारायण दानी प्रमुख आतिथ्यता भएको कार्यक्रममा सिरानचोक गाउँपालिका शिक्षा समितिका सदस्य भोजराज कोइरालाले गाउँपालिकाको शिक्षा नीति, शिक्षा एने, शिक्षक, अभिभावक र विद्यार्थीको काम कतव्य र अधिकारका बारेमा जानकारी गराएका थिए ।
सोही अबसरमा वडा अध्यक्ष दानीले गाउँपालिकाको शिक्षा नीतिका आधारमा १७ बुँदे शैक्षिक कार्ययोजना पेश गर्दै शिक्षक, अभिभावक र विद्यार्थीलाई निर्देशन समेत दिएका थिए ।


