नरेन्द्र ढकाल/गोरखा
असोज १८ गते । जिल्ला सदरमुकाममा धमधाम सरकारी कार्यालय भवन बनिरहेका छन् । मुलुक संघियतामा गएसँगै अधिकाशं सेवा प्रदायक सरकारी कार्यालय स्थानीय तह मातहतमा जाने भनिए पनि करोडौंका लगानीमा भौतिक संरचनाहरु निर्माण भइरहेका हुन् । ‘यो सबै पहिलेका कार्यक्रम हो’ शहरी आवास तथा भवन डिभिजन कार्यालयकी प्रमुख सुनिता श्रेष्ठले भनिन् ‘यस वर्षको वजेट र कार्यक्रम केही पनि आएको छैन् ।’ २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएका र केही पहिले देखि जिर्ण अबस्था रहेका भवनहरु पुर्ननिर्माण गरिएको छ । जिल्लामा हाल जिल्ला अदालत गोरखा, सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला हुलाक, भुसंरक्षण कार्यालय र साबिकको कृषि कार्यालय लगायतका भवन, शहरी आवास तथा भवन डिभिजन मार्फत निर्माण भईरहेका छन् । भूकम्प गए लगतै निर्माण गरिएको जिल्ला प्रशसन कार्यालय गत वर्ष देखि नै नयाँ भवनमा सञ्चालन भइसकेको छ । हाल निर्माण भइरहेका कतिपय कार्यालयमा कर्मचारी संख्या र सेवा क्षेत्र पनि कटौती हुँदा पुरानै अवस्थामा ठुला संरचना बनाइएको छ । कतिपय जिल्ला नरहने कार्यालयका पनि भवन बनिरहेको छ ।
भुसंरक्षण कार्यालय गोरखामा नरहने भनिए पनि करोडौं लगानीमा भवन बनिरहेको छ । कृषि, हुलाक, राष्ट्रिय अनुसन्धान लगायतका कार्यालयमा कर्मचारी संख्या न्यून भएपनि आलिसान महल निर्माण गरिएको छ । विषयगत सरकारी कार्यालयका कर्मचारी स्थानीय तहमा खटिएपछि जिल्लाका अधिकाशं कार्यालय सुनसान भएका छन् । सबै स्थानीय तहमा कर्मचारी खटाएको महिला तथा बालबालिका कार्यालयमा कार्यालय सहयोगी मात्र छन् । वषौं देखि भाडा बस्दै आएको पशु कार्यालय गत महिना मात्र नबनिर्मित भवनमा रहेको छ । ‘भएका सबै कार्यालय खाली हुने थासिके, फेरी नयाँ कार्यालय धमाधम बनिरहेका छन’ मालपोत कार्यालय अघि भेटिएका कपिल पोखरेलले भने ‘यति ठूलो लगानीमा नयाँ भवन बनाउनु भन्दा खाली भएका भवनहरु सदुपयोग गर्ने नीति ल्याउन राम्रो हुन्थ्यो ।’
स्थानीय सरकार अस्तित्वमा आएसँगै जिल्लाका अधिकाशं सरकारी कार्यालय स्थानीय तह मातहत जाने भनिए पनि त्यसको छनक देखिएको छैन । राज्यले करोडौं लगानीमा भौतिक संरचना निर्माण गरिरहेको छ भने केन्द्रले हटाएका कार्यालयहरु धमाधम प्रदेश सरकारले थमौती गरिहेको छ । स्थानीय तहमा कर्मचारीको अभाव छ । प्रदेशको काम देखि स्थानीय तह भने शसंकित देखिन्छन् ।
सदरमुकाममा धमाधम सरकारी कार्यालय भवन बन्दै
सदरमुकाममा धमाधम सरकारी कार्यालय भवन बन्दै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


