संपादकीय
गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको दशै सस्तो बजार एवं सडक मेला तयारी तिब्र रुपले भइरहेको छ । अशोज २० गतेबाट सुरु हुने महोत्सवको आकर्षण र कार्यक्रमहरु सार्वजानिक भइसकेका छन् । गोरखामा मेला महोत्सव हुन थालेको धेरै वर्ष भयो । गोरखा उद्योग वाणिज्य संघले मात्र ८ वटा महोत्सव सम्पन्न गरिसकेको छ । नवौं गोरखा महोत्सवको मिति समेत घोषणा भइसकेको छ । विभिन्न संघ सस्थाले पनि मेला महोत्सव गरिरहेका छन् ।
यस्तो अबस्थामा भर्खरै स्थापना भएको गोरखा चेम्बर अफ कमर्सले दशै मेला आयोेजना गरेको छ । चाडपर्वलाई लक्षित गरी आयोजना भएको उक्त मेलालाई सस्तो बजारको उपमा दिइएको छ । यदी नारामा भनिए जस्तै गरी सर्वसाधरणले सस्तोमा सामान पाउने अबस्था सिर्जना हुन्छ या हुन्न त्यो त केही दिनमा थाहा भइ हाल्छ । आयोजकले फरक रुपमा मेला गर्ने दाबी गरेर पनि कार्यक्रम सुन्दा विगत कै निरन्त्रता देखिन्छ । यस्तो अबस्थामा चेम्बरले खोजेको पहिचान के हो ? यीनै कार्यक्रमले चेम्बर अर्फ कमर्स जनता माझ स्थापित हुन्छ त ? गित सगिंत, पिङ एवं बाल उद्यान, स्टलहरु, खाना महोत्सव लगायतका अधिकाशं कार्यक्रम विगत कै निरन्त्रता हुन् । चेम्बरले भनेको सडक मेलाले मात्र पहिचान स्थापित गराउनु पर्ने देखिन्छ । त्यसका लागि व्यापारीहरुले कति साथ दिन्छन त्यो पनि हेर्न बाँकी छ । यी सबै कुराहरुका आधारमा यो मेला पनि विगतकै महोत्सवको निरन्त्रता नहोस् । आफ्नो मौलिकता र पहिचान चेम्बरले पनि बनाउन सक्नु पर्छ ।
गोरखा महोत्सवको निरन्त्रता नहोस्
गोरखा महोत्सवको निरन्त्रता नहोस्
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


