×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एम्बुलेन्स खरिदका लागि फेसबुक अभियान डेढ महिनामा २४ लाख रकम संकलन

  •  
  • बुधबार, असोज १७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    असोज १७ गते । वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ मा एम्बुलेन्स खरिदका लागि फेसबुक अभियान संचालन गरिएको छ । साविकको पन्द्रुङ्ग देउराली गाविसका युवाहरुले एम्बुलेन्स खरिद गर्न सामाजिक सञ्जाल मार्फत अभियान चलाएर रकम संकलन गरेका हुन् । भदौ पहिलोसाताबाट सञ्चालन गरिएको रकम संकलनको अभियानबाट हालसम्म १४ लाख नगद जम्मा भइसकेको छ भने १० लाख रकमको प्रतिवद्धता प्राप्त भएको वडाध्यक्ष कृष्ण गुरुङ्गले बताएका छन् । ‘डेढ महिना भयो हामीले यो अभियान चलाएको, हामीले सोचेभन्दा बढि नै पैसा उठिरहेको छ, म पनि सहयोग गर्छु भन्ने क्रम अझै रोकिएको छैन’ उनले भने ‘अहिलेसम्म १४ लाख नगद त खाता मै आइसक्यो, अरु १० लाख जतिको प्रतिद्धता आएको छ, तर उठ्न बाँकी छ ।’
    एम्बुलेन्स खरिदका लागि यस बर्ष वडा कार्यालयले ४ लाख बिनियोजन गरेपनि सो रकम अपुग भएपछि वडाध्यक्ष गुरुङ्गले नै सामाजिक सञ्जालबाट सहयोगका लागि आह्वान गरेका थिए । ‘एम्बुलेन्स किन्न ६ लाख जति रकम अभाव भयो, अनि मैले वडका युवा साथीहरुसंग सल्लाह गरे, अपुग रकम उठाउन फेसबुकबाट अभियान चलाऔ भनेर सुरु ग¥यौ’ वडाध्यक्ष गुरुङ्गले भने ‘हामीले सोचेका पनि थिएनौ यति धेरै सहयोग आउछ भनेर ।’

    देउराली र आसपास क्षेत्रमा घर भइ हाल देशविदेशमा रहेका युवाहरुको बिशेष सहयोग र समन्वयमा रकम संकलन भएको उनले बताएका छन् । अपुग रकम संकलन भएपछि केहि दिनअघि नै एम्बुलेन्स खरिदका लागि प्रकृयाअ घि बढिसकेको छ । ९ लाख ६० हजार लागतको एम्बुलेन्स मंसिर पहलो साताबाट सञ्चालनमा ल्याउने तयारी रहेको वडाध्यक्ष गुरुङ्गले बताएका छन् । ‘हामीले ९ लाख दिएर बुकिङ्ग गरिसक्यौ, १२ हप्ता लाग्छ भनेको छ, मंसिरबाट संचालनमा ल्याउने हाम्रो तयारी छ’ उनले भने ‘एम्बुलेन्समा अक्सिजनदेखि मिलेसम्म स्वास्थ्यकर्मी सहितको सुविधाको पनि ब्यवस्था गर्ने सोच छ ।’
    सदरमुकामदेखि करिब ३० किलोमिटर कच्चि सडकको दुरीमा पर्ने पन्द्रुङ्ग देउरालीमा हालसम्म एम्बुलेन्स नहुदा स्थानीयले निक्कै सकस ब्यहोर्नु परेको थियो । बिरामी पर्दा वा अन्य आकस्मिक समयमा यातायातको अभावमा केहिले त अकालमै ज्यान समेत गुमाउनु परेको वडाध्यक्ष गुरुङ्गले बताएका छन् । ‘यहाँ अहिलेसम्म पनि एम्बसलेन्स छैन, एक बर्षको अन्तरालमा यातायात नभएकै कारणले गाउँमा दुई जनाको त हाम्रै आँखा अगाडी ज्यान गयो’ उनले भने ‘अनि हामीले एम्बुलेन्स अभावको महसुस ग¥यौ, अनि यो अभियान सुरु गरेका हौ ।’
    एम्बुलेन्स संचालन गरेर वारपाक सुलिकोटको पन्द्रुङ्ग, ताकुकोट, ताकुमाझ लाकुरीबोट, स्वाँरा, सौरपानी मात्रै होइन आरुघाट गाउँपालिकाको आरुपोखरी, आरुअर्वाङ्ग, भिमसेन गाउँपालिकाका मसेल, बगुवा, तान्द्राङ्ग लगायतका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने वडाध्यक्ष गुरुङ्गको योजना छ । ‘हामीले एम्बुलेन्सको सेवा हाम्रो वडालाई मात्रै तार्गेट गरेका छैनौ, हाम्रै गाउँपालिकाका अन्य वडा, लगायत, आरुघाटदेखि भिमसेन थापा गाउँपालिकाका केहि वडाहरुका बासिन्दालाई पनि यसबाट सेवा दिने हाम्रो तयारी छ’ उनले भने ‘गरिब, असहाय, जेष्ठ नागरिक लगायतलाई २५ प्रतिशत मात्रै शुल्क लिएर सेवा दिने गरी ब्यवस्था पनि मिलाउछौ ।’
    सामाजिक सञ्जालको अभियान र वडाबाट बिनियोजित रकम गरेर २४ लाख भन्दा बढि उठेको र एम्बुलेन्स खरिद गर्दा लागेको रकम कटाएर बाँकी रकम भने ब्यवस्थापन र संचालनमा खर्च गरिने वडा कार्यालयको तयारी छ । यसै रकमबाट एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मीको समेत ब्यवस्था गर्नेबारे समेत छलफल भइरहेको वडाध्यक्ष गुरुङ्गले बताएका छन् ।
    यस अभियानमा वडाध्यक्ष गुरुङ्गसंग चुनावमा काँग्रेसका तर्फबाट प्रतिस्प्रर्धा गरेका हरी धिताल, दल बहादुर भट्ट, नर बहादुर गुरुङ्ग, सुलभ अम्गाँई, देवी अम्गाँई, ठाकुर धिताल लगायत ब्यक्ति र जनसाहारा युवा क्लबको बिशेष सकृयता रहेको उनको भनाई छ । एम्बुलेन्स पन्द्रुङ्ग देउराली स्वास्थ्य चौकी मार्फत संचालन गर्ने तयारी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.