कैलासबावु श्रेष्ठ/गोरखा
असोज १५ गते । सोमबार गोरखा सदरमुकामको खोलखोले क्षेत्रमा एक महिलालाई कुटपिट र दुरब्यवहार गरेको भन्दै प्रहरी २ पुरुष र २ महिला गरी ४ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका ८ को नयाँ वस्तीमा सफल कृषी फर्म सञ्चालन गर्दै आएकी सञ्जु भट्ट नेपालीलाई कुटपिट र दुरब्यवहार गरेको भन्दै गोरखा जिल्ला अजिरकोट गाउँपालिका वडा नम्बर ३ बस्ने ५२ बर्षिय मुत्ति विक सोही स्थानमा बसोबास गर्ने अन्य वर्ष् २७ को विदुर वि.क, बर्ष २६ की बिनिता उपरकोटी र श्रीरानचोक गाउँपालिका वडा नम्बर ८ बस्ने सबिना रेशमी मगरलाई प्रहरीले गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएको हो ।
पिडित नेपालीका अनुसार अनुसार केही महिना अगाडी गएको असोज १ गते पैसा दिने गरी कृषी फर्मको नाममा रहेको १८ गाई र गोठ बिक्री गरेको र हाल सम्म पनि पैसा नदिए आलटाल गरेको बिषयमा कुरा गर्दा आफु माथि एक्कासी आक्रमण गरेको उनले बताईन ।
दिउसो १२ः३० बजे भएको उत्त घटना राजधानीमा रहेका उनले श्रीमानले थाहा पाएर स्थानियलाई खबर गरेका थिए । पिडितलाई २ घण्टा पछि गोरखा अस्पतालमा उपचारको लागि लगिएको छ ।
नेपालीलाई गोरखामा उपचार पछि घर लगिएको छ । पिडित नेपालीले भोली कुटपिट मुद्वा दर्ता गर्ने जानकारी दिएँ । उता जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षकले भने मुद्वा दर्ता हुन नआएकोले मंगलबार दुवै पक्षलाई राखेर कुराकानी गर्ने बताए । पक्राउ परेका चारै जना प्रहरी हिरासतमा राखीएको पनि उनले बताए ।


