कैलासबावु श्रेष्ठ/गोरखा
असोज १५ गते । उत्तरी गोरखामा भिरबाट खसेको ढुङ्गाले लागेको यूवतीको
तस्बिर बिरबले घलेको फेसबुक पेजबाट
उपचार हुन नसक्दा मृत्यु भएको छ । आईतबार चुमनुब्री गाउँपालिका वडा नम्बर ४ को छाक गाउँको भिरबाट खसेको ढुङ्गाले लागेर गंभिर घाईते भएकी स्थानिय सलिना गुरुङ्गले उपचार नपाउदा ५ घण्टा पछि मृत्यु भएको हो ।
बिहान ११ः३० बजे भएको उत्त घटना पछि हेलिकप्टर द्वारा उपचारको लागि राजधानी लाने तयारी गरीएको भएता पनि हेली ढिला आउदा उनको हेली भित्रै मृत्यु भएको थियो । हेलीले घटना स्थलबाट दिउसो ४ः३० बजे मात्र घाईते गुरुङ्गलाई गोरखाबाट राजधानीको मेडिसिटी अस्प्ताल लगेको थियो । अस्पतालले उनलाई मृत्त घोषित गरेको थियो ।
गप गाउँमा रहेको गप आवासिय प्राविमा छात्राबासमा बसेका बिद्यार्थीहरुलाई खाना बनाउने काम गर्दै आएकी गुरुङ्ग बिहान नजिकै रहेको छाक गाउँमा स्याउ किन्न गएकी थिइन । साथी संग गएकी उनी स्याउ किनेर फर्कदा भिर माथिबाट आएको ढुङ्गाले लागेर गंभिर घाईते भएकी थिईन । स्थानिय स्तरमा स्वास्थ्य संस्था समेत नभएको उत्त ठाउँमा घटना भएको ५ घण्टा पछि मात्र उनलाई हेली मार्फत उद्वार गरीएको थियो ।
माउन्टेन चाइल्ड नामक गैर सरकारी संस्थाले भाडामा लिएको हेलीले उनलाई उद्वार गर्दा सम्म उनको धेरै रगत बगी सकेको उत्तरी गोरखाका समाजसेवी बिरबल घलेले टेलिफोन मार्फत जानकारी दिएँ । मृत्यु भएकी गुरुङ्गको राजधानीमा कोही नातेदार नहुदाँ सोमबार साँझ सम्म पनि शवको पोष्ट मार्टम हुन सकेको छैन ।
उत्तरी गोरखामा हेली जादाँ जिल्ला प्रशासन कार्यालय गोरखा र गृह मन्त्रालयको अनुमती चाहिने गर्दछ । घटनाको जानकारी आउने बित्तीकै जिल्ला प्रशासनले हेली आउन अनुमती दिएको भएता पनि गृह मन्त्रालयबाट पत्राचार हुन ढिला हुदा हेली ढिला गएको र घाईतेको ज्यान गएको घलेले बताए ।
यातायातको बिकल्पका रुपमा रहेको हेली भाडामा लिन र उत्तरी गोरखामा हेली जान सरकारी झन्झटीलो प्रकृयाका कारण बिरामी तथा गंभिर घाईते स्वदेशी तथा विदेशीले पैसा संगै ज्यान गुमाउने गरेका छन । यस प्रति स्थानिय, प्रदेश र केन्द्र सरकार गंभिर नभए भोलीका दिनमा पनि यस्तो घटनामा धेरैले ज्यान गुमाउनु पर्ने निश्चित छ ।


