कैलासबावु श्रेष्ठ/गोरखा
असोज १५ गते । २८ औं विश्व जेष्ठ नागरिक दिवस गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
गोरखा नगरपालिका र जेष्ठ नागरिक जिल्ला संघ गोरखाको आयोजनामा सदरमुकाममा जेष्ठ नागरिकलाई सम्मान तथा बतृत्व कला आयोजना गरी मनाईएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक असोक कुमार गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र नगरपालिकाकी उप प्रमुख बिना श्रेष्ठले संयुक्त रुपमा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नम्बर ७ बसपार्क निवासी १ सय बर्षका गणेशमान शाहीलाई र गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नम्बर ६ निवासी ८३ बर्षिया नेप्टी मायाँ सर्किनीलाई दोसल्लाह, प्रमाण पत्र र नगद सहित सम्मान गरीएको थियो ।
त्यस्तै गरी ‘जेष्ठ नागरिक प्रति यूवाहरको भूमिका’ बिषयम बतृत्व कलामा प्रतियोगिता नगरपालिका भित्रको ६ बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महालक्ष्मी माविकी आशा उपरकोटी पहिलो, द्रब्यशाह बहुमुखी क्याम्पसका सुसान्त तामाङ दोस्रो र महेन्द्रज्योती माविकी मैया गुरुङ तेस्रो भएका थिएँ ।


