गोरखा समाचारदाता
यस आर्थिक वर्षको हाल सम्म नदी जन्य पदार्थको अबैध उत्खननमा संलग्न १८ वटा सवारी साधन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउन यता नदीजन्य पदार्थको उत्खनन र ओसारपसारमा संलग्न ती सवारी साधनलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाइएको हो । आर्थिक वर्ष २०७४/०७५ मा भने ८४ वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेका थिए । जिल्लामा नदीजन्य पदार्थको अबैध उत्खन्न र ओसारपसारमा कडाई गरिएको बताए पनि लुकिछिपी चोरी तस्कारी भइरहेको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थको उत्खनन गरी रातको समय जिल्ला बाहिर लैजाने गरिएको उनीहरुको दाबी छ । उक्त कुरा नियन्त्रणका लागि प्रहरीले आवश्यक सक्रियता नदेखाएको सरोकारवालाले आरोप लगाएका छन । गतवर्ष सम्म जिल्ला समन्वय समिति मार्फत ठेक्का लगाउने गरिएपनि यसवर्ष उक्त जिम्मेवारी स्थानीय तहको काँधमा गएको छ । जिल्ला अधिकाशं स्थानीय तह वातावरणीय मुल्याङ्कन प्रतिवदेन आइईको प्रक्रियामा जुटे पनि उनीहरुले ठेक्का लगाउन सकेका छैन । ठेक्का लगाउन ढिलाई हुँदा चोरी तस्कारी मौलाएको छ ।
अबैध उत्खनन गर्ने क्रम बढ्दो
अबैध उत्खनन गर्ने क्रम बढ्दो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















