मोहसिन अलि मियाँ/गोरखा
दशैलाई लक्षित गर्दै गोरखा नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । दशै नजिकिदै गर्दा मासुजन्य पदार्थको विक्रि वितरण बढ्ने हुदा आइतबार बजार क्षेत्रका मासु पसलहरुको अनुगमन गरिएको छ । बजार क्षेत्रमा अधिकांश मासु पसलहरु अब्यवस्थित रुपमा संचालन हुदै आएको गुनासो आएकाले अनुगमन सुरु गरिएको बजार अनुगमन गोरखा नगरपालिकाका संयोजक भिमसेन श्रेष्ठले बताएका छन । ‘दशै नजिक आयो, अब मासुको खपत अत्याधिक हुन्छ’ नगरपालिकाका प्रशासकिय अधिकृत समेत रहेका श्रेष्ठले भने ‘मासु पसलहरु ब्यवस्थित रुपमा संचालन भएनन्, फोहोर बढ्यो भनेर गुनासो आएकाले मासु पसलबाट अनुगमन सुरु गरेका छौ ।’
आइतबार श्रेष्ठको नेतृत्वको टोलीले बजार क्षेत्रको प्रतिक्षालय देखि हरमटारी हुदै हस्पीटल चोक सम्मका मासु पसल तथा तरकारी पसलहरुको अनुगमन गरेको हो । अनुगमन टोलीले सो क्षेत्रका १४ ओटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांशं मासुपसलहरुलमा मूल्यसूची नटाँसेको, दर्ता प्रमाण पत्रहरु देखिने गरी नराखेको पाइएको श्रेष्ठको भनाई छ । त्यस्तै सरकारबाट ३० लाख रुपैया सरकारी अनुदान लिएर सन्चालन गरिएको गोरखा मिट सपले नगरपालिकामा व्यवसाय दर्ता नै नगरी सन्चालन भएको समेत अनुगमनका क्रममा भेटिएको छ ।
अनुगमनका क्रममा कतिपय मासु पसलमा सरसफाईको कमी रहेको पाइएकाले तत्काल सरसफार्ई गरी बिक्रि बितरण गर्न निर्देशन दिइएको संयोजक श्रेष्ठले जानकारी दिएका छन् । अनुगमन गरिएका तरकारी पसलहरु मध्ये एउटा तरकारी पसल बिना दर्ता सन्चालन भएको पाइएको छ भने केही तरकारी पसलहरुमा मूल्य सूची राखेको पाइएको छ । कतिपय मासु व्यवसायीहरुले भने नगरपालिकामा व्यवसाय दर्ता गरेको भएपनि नविकरण नगरेको, आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएको लगायतका त्रुटि भेटिएकाले उनीहरुलाई तत्काल प्रक्रियामा आउन निर्देशन दिइएको श्रेष्ठले बताएका छन् ।
अनुगमनमा जिल्ला प्रसासन कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा, नेपाल पत्रकार महासंघ गोरखा, गोरखा उद्योग बाणिज्य संघ लगायतका बिभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दशैलाई लक्षित गर्दै बजार अनुगमन तिब्र
दशैलाई लक्षित गर्दै बजार अनुगमन तिब्र
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


