गोरखा समाचारदाता
कुन्दुर घटनाका २ आरोपीलाई सार्वजानिक मुद्दा लगाउने तयारी गरिएको छ । गोरखा नगरपालिका १२ नौ किलोमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनाका दोषीको पहिचान, घाइतेको उपचार र क्षतिपूर्तीको माग गर्दै प्रर्दशन गर्ने मध्ये २ जना प्रहरी नियन्त्रणमा छन् । १० जना प्रकाउ गरेको प्रहरीले वर्ष २४ का सुनिल संग्रौला र वर्ष ४० का हिराबहादुर अक्षामी बाहेक अन्यलाई छोडिसकेको छ । ‘हामी अनुसन्धान कै क्रममा छौं केहीलाई सोधपुछ गरेर घर पठायौं, २ जना नियन्त्रमै हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रमुख एसपी बिमल बस्नेतले भने । शुक्रबार समातिएका अधिकाशं छुटेपनि २ जनालाई हिरासतमै राखिनुले उनीहरुलाई सार्वजानिक मुद्दा लगाउने तयारी गरिएको स्थानीयले आशंका गरेका छन् । ‘टाठाबाठा छुटे, निर्दोष मानिसलाई प्रहरीले थुनेर राखेको छ’ एक स्थानीयले भने ‘प्रहरीले अन्याय ग¥यो ।’
गोरखा नगरपालिका १२ को नौ किलोमा स्थानीय रुद्रबहादुर कुमाललाई अज्ञात मोटरसाइकलले ठक्कर दिइ घाइते बनाएपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । ठक्कर दिइ फरार रहेको मोटरसाइकलको पहिचान नखुलेपछि स्थानीयले करिब ४ घण्टा सो सडकखण्ड अवरुद्ध गरेका हुन् । उक्त अबरोध खुलाउने क्रममा आफूमाथि जाइलागेको भन्दै केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यता प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने प्रहरीको अनुसन्धानमा कुनै हस्तक्षेप नगर्ने प्रतिक्रिया दिएका छन् । ‘यो प्रहरीको अनुन्सधानको पाटो हो, अहिले सम्म मसँग राय मागिएको छैन’ उनले भने ‘यदी प्रहरीले राय मागेको खण्डमा सत्यतथ्य बुझेर सुझाव दिने कुरा नै हो ।’
शनिवार भएको घटनालाई प्रशासनले सामान्य रुपमा लिएको थियो । जब ४ घण्टा सम्म सडक अबरुद्ध भएपछि अन्तिममा बल प्रयोग गरिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकको खोजी गरी कारबाही गर्ने लिखित प्रतिवद्धता प्रहरीसंग स्थानीयले मागेपछि स्थिती तनावग्रस्त बन्न पुगेको थियो । लामो समयसम्म सडक अवरुद्ध गरेर स्थानीय आन्दोलनमा उत्रेपछि प्रहरी टोलीले बल प्रयोग गर्दै सडक खुलाउन खोज्दा दोहोरो झडप समेत भएको हो । प्रहरीले आन्दोलनकारी माथी लाठ्ठी चार्ज गर्दा दर्जन भन्दा बढि स्थानीय घाइते भएका थिए भने केही प्रहरीलाई समेत चोट लागेको थियो ।
घटना स्थल रणभूमी जस्तै बनेको थियो । सडक अबरुद्ध गर्नेहरुलाई प्रहरीले धपाएपछि उनीहरुले पाखामा बसेर ढुंगामुडा गरेका थिए । ‘पहिले टिभिमा यस्तो देखिन्थ्यो, आज प्रत्यक्ष देखियो’ यात्रु विष्णु पोखरेलले भने ‘यत्रो हुलदंगा हुँदा पनि प्रशासनको भूमिका प्रभावकारी देखिएन ।’ गोरखाको मुख्य सडक ४ घण्टासम्म ठप्प हुँदा पनि प्रशासन निरिय देखिएको यात्रुहरुको आरोप छ ।
सडक जरुरी कामले हिडेकाहरु दिन भर अलपत्र परेका थिए भने कतिपय गतव्य मै नपुगी फर्किका थिए । शिक्षक सेवा आयोगको परिक्षा दिन आउने र जानेको पनि बिचल्ली भएको थियो ।आर्थिक रुपमा निकै विपन्न र परिवारका सदस्य समेत नरहेका घाइते कुमालको उपचार भइरहेको स्थानीयले बताएका छन् । उनको अबस्था गम्भीर रहेको उनीहरुको भनाई छ ।
सडक अबरुद्ध गर्नेलाई सार्वजानिक मुद्दा
सडक अबरुद्ध गर्नेलाई सार्वजानिक मुद्दा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















