×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिरानचोक गाउँपालिकाद्धारा ‘इआइए’ विना नदीजन्य पदार्थ उत्खनन

  •  
  • आइतबार, असोज ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा- वातावरणीय प्रभाव मुल्याकंन (इआइए) नगरी सिरानचोक गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न स्वीकृती दिएको छ ।
    वडा नम्वर ६ र ७ को सिमानामा पर्ने खहरे र दरौदी नदिको दोभानमा उत्खनन गर्न गाउँपालिकाले जापनीज संस्था जाइकालाइ स्वीकृती दिएको हो ।

    वडा नम्वर ६ र ७ जोड्ने खहरे खोला माथि जाइकाले मोटरेवल पुल निर्माण गरिरहेको छ । सोही पुल निर्माणका लागी गाउँपालिकाले जाइकालाइ प्रति घन मिटर दुइ सयका दरले चार सय ५० घनमिटर नदिजन्य पदार्थ उत्खनन गर्न दिएको हो । गत भदौ २८ गते बसेको गाउँकार्यपालिकाको बैकठले निर्णय गरेर संस्थासँग ९० हजार रकम पनि गाउँपालिकाले लिइसकेको छ । त

    र राजश्व वृद्धिको नाममा जथाभावी उत्खनन गर्न स्वीकृती दिने गाउँपालिका वातावरणीय प्रभाव मुल्याङकन गर्न भने चुकेको छ । प्रदेशद्धारा जारी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ प को उपदफा ७ को कार्यविधि अनुसार ढुंगा, गिटि, वालुवा, माटो जस्ता खानीको उत्खनन, दर्ता नविकरण र व्यवस्थापन स्थानीय तहले गर्न पाउने प्रावधान छ । तर उत्खननका लागी वातावरणीय प्रभाव मुल्याङकन गर्नु अनिवार्य छ ।

    नदीजन्य पदार्थ उत्खननको अनुमतीका लागी स्थानीय तहले सवैभन्दा पहिले अध्ययन प्रतिवेदन जिल्ला समन्वयमा समितिमा पठाउनुपर्छ । प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक सुझाव सहित जिससले पुन स्थानीय तहमा पठाउनेछ । त्यस पश्चात मात्र बोलपत्र आब्हानको बाटो खुल्छ ।

    वोलपत्र आब्हान गरेर मात्र ठेक्का लगाउनुपर्ने जिससका प्रवक्ता मान प्रसाद धितालले बताए । तर सिरानचोक गाउँपालिकाले कुनै पनि प्रक्रिया नपु¥याइ सिधै उत्खननका लागी स्वीकृति दिएपछि विवादित बनेको हो । आवश्यक प्रक्रिया पुरा नगरेपछि नदीजन्य पदार्थ उत्खनन गरिरहेका दुइ वटा ट्याक्टरलाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ । साथै आवश्यक प्रक्रिया पु¥याएर मात्र उत्खनन गर्न प्रशासनले गाउँपालिकालाइ आग्रह गरेको छ ।

    वडा नम्वर ७ का वडा अध्यक्ष सुरज ढकाल उत्खनन बारे जानकारी नभएको बताउछन् । ‘मेरै वडामा उत्खनन गर्न गाउँपालिकाले स्वीकृति दिएछ मलाइ थाहा पनि छैन, एक पटक सोध्नुपर्देन,’ उनले भने । गाउँपालिका अध्यक्ष राजु गुरुङ सडक कार्यालयको सिफारिस अनुसार उत्खनन गर्न दिएको बताउछन् ।

    ‘सडकले ठेक्का लगाएको हो उसको अुनमति बिना हामीले दिन मिलेन, फेरि पुल निर्माणको समय सकिन लाग्यो, सामान चाहियो, प्रक्रिया पुरा गर्दा धेरै समय लाग्ने भयो त्यसैले व्यवहारिकता हेरेर उत्खनन गर्न दिएका हौ,’ उनले भने । प्रशासन देखि प्रजिअ सम्मलाइ जानकारी गराएपनि नियतवश प्रहरी लगाएर प्रशासनले काम रोकेको उनको आरोप छ । जिल्ला समन्वय समितिको ढिलासुस्तीका कारण अहिले सम्म टिओआर पास नहुँदा समस्या भएको उनको भनाइ छ ।

    विकास मरहट्टा/अनलार्इन गाेरखाबाट

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.