गोरखा समाचारदाता
सिरानचोक गाउँपालिकाका जनप्रतिनिधि र विषयगत कार्यालयका कर्मचारीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।
‘इको’ को आर्थिक सहयोगमा केएर नेपाल र स्वाँरासघन गाउँबिकास केन्द्रको साझेदारीमा सञ्चालित प्रयास दोश्रो परियोजना अन्र्तगत सिरानचोकका सरोकारवालाहरुलाई स्थानीय योजना निर्माण र बिकास पक्रियामा विपद् जोखिम न्यूनिकरण मुलप्रभाहीकरण सम्बन्धी तिन दिन तालिम प्रदान गरिएको हो ।
स्थानीय तहले सञ्चालन गर्ने बिकास निर्माणका कामहरुलाई विपद् जोखिम कम गर्ने खालको कसरी बनाउने, जोखिम कम गर्न के÷के गर्ने लगायतका बारेमा केएर नेपालका केशवदत्त भट्ट, उदय सिहं ठकूरी र सुरेन्द्र बम सहजीकरण गरेका थिए ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महिला शाखाकी शारदा ढकाल, प्रशिक्षक केशवदक्त भट्ट लगायतले मन्तव्य राखेका थिए ।


