गोरखा समाचारदाता
आरुघाट गाउँपालिकाका जनप्रतिनिधीलाई कम्प्युटर तालिम दिइएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्रको समन्वय तथा सिआरएसको आर्थिक सहयोगमा जनप्रतिनिधीलाई १५ दिने आधारभुत कम्प्युटर तालिम दिइएको हो । आरुघाट गाउँपालिकाका १९ र भिमसेन थापा गाउँपालिकाका २ गरि १९ जनालाई तालिम दिइएको हो ।
गाउँपालिका तथा वडामा नियमित हुने कामलाई प्रविधिमैत्री बनाउन र जनतालाई छिटो छरितो रुपमा कार्यसम्पादन गर्न सहयोग पु¥याउने उदेश्यले तालिमको आयोजना गरिएको स्वाँरा सघनका कार्यक्रम ब्यवस्थापक सनोद श्रेष्ठले बताएका छन् । तालिमका आरुघाट गाउँकार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । गोरखा भुकम्प पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्तरगत तालिमको आयोजना गरिएको श्रेष्ठले बताएका छन् ।
शुक्रबार आरुघाट गाउँपालिका ५ का वडाअध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा भिमसेन २ का वडाध्यक्ष लिला प्रसाद लामिछाने, आरुघाट ९ का वडाध्यक्ष डिल बहादुर रोका, सिआरएसका जिल्ला संयोजक रामहरी देवकोटा, स्वारा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
जनप्रतिनिधीलाई कम्प्युटर तालिम
जनप्रतिनिधीलाई कम्प्युटर तालिम
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


