नरेन्द्र ढकाल/गोरखा
असोज ४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले नागरिकसँग सिधा सम्र्पक कायम गर्न हेलो गाउँले प्रमुख सेवा सुरु गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार केही दिन अघिबाट पैसा नलाग्ने टेलिफोन (टोलफ्रि) नम्बर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । ‘अहिले हामी परिक्षणको क्रममा छौं’ उनले भने ‘पहिलो चरणमा वडा अध्यक्ष सहितका जनप्रतिनिधिलाई नम्बर उपलब्ध गराइएको छ ।’ केही दिन मै नागरिकलाई उक्त नम्बर उपलब्ध गराउने गुरुङले बताए ।
आर्थिक वर्ष २०७५÷०७६ मा टोल फ्रि नम्बर सञ्चालने गर्ने भनि नीति तथा कार्यक्रम पारित गरेको धार्चेले आवश्यक बजेट समेत बिनियोजन गरेको थियो । उहिया र हुल्चुकमा अझै पनि टेलिफोन सेवा नपुगेकाले त्यहाँ भने बैकल्पिक व्यवस्था गरिने भएको छ । त्यहाँका स्थानीयलाई लक्षित गरी ओकेटोके सेवा सञ्चालनको लागि टावर निर्माणको प्रयास भइरहेको गुरुङले बताए । टेलिफोनको पहुँचमा रहेका स्थानीयले उक्त सेवा प्रयोग गर्न पाउने छन् । उक्त स्थानमा नेपाल टेलिकमको टावर राख्न प्रदेश र सघं सरकारसँग समन्वय भइरहेको धार्चेले बताएको छ । ‘आधुनिक प्रविधिको प्रयोग गरी नागरिकलाई सुबिधा दिने र सम्बन्ध सुमधुर बनाउने हाम्रो उदेश्य हो’ उनले भने ‘यो व्यवस्था भएपछि जो सुकैले पनि सिधै गाउँपालिका अध्यक्ष सँग आफ्ना कुरा भन्न सक्ने भए ।’ गाउँपालिकाको सेवाप्रवाह, विकास निर्माणका काम भएगरेका प्रगति, स्थानीयको समस्या लगायतका कुराहरुका बारेमा हेलो गाउँले प्रमुख सेवा मार्फत अध्यक्षलाई जानकारी गराउन सकिने छ । निशुल्क हुने भएकाले अनावश्यक फोन पनि आउन सक्ने भन्दै तत्काल नम्बर सार्वजानिक भने नगरिएको उनले बताए । धार्चेले प्रविधिलाई विशेष जोड दिदै गाउँपालिकाको सेवा प्रवाहको जानकारी दिने मोबाइल एप, गुनासो सुन्नका लागि एसएमएस सेवा लगायतका सुबिधाहरु पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
धार्चेमा हेल्लो गाउँले प्रमुख सेवा सुरु
धार्चेमा हेल्लो गाउँले प्रमुख सेवा सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


