कैलासबावु श्रेष्ठ/गोरखा
असोज २ गते । गोरखाको धार्चे गाउँपालिका–४ को लाप्राकमा छुरा प्रहार भएको छ ।
स्थानिय भूमे मण्डी सामुदायिक वनका अध्यक्ष समेत रहेका डिल बहादुर गुरुङलाई रामचन्द्र गुरुङ्गले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । छुरा प्रहार बाट गुरुङ्ग घाइते गुरुङ्गको स्थानिय स्वास्थ्य संस्थामा उपचार भै रहेको छ ।
नमुना बस्ती हेर्न पुगेका द्वय गुरुङ्ग मध्ये रामचन्द्रले एक्कासी पछाडीबाट चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट घाईते गुरुङ्गको ढाँडमा चोट लागेको छ ।
मादक पदार्थ सेवन गरको रामचन्द्रलाई नमुना बस्तीमा रहेका नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।




















