कैलासबावु श्रेष्ठ/गोरखा
असोज २ गते । बन्दको हल्ला बिच आज गोरखामा यातायात, शैक्षिक संस्था र ब्यापारीक प्रतिष्ठान पूर्ण रुपमा बन्द हुदा जन जिवन प्रभावित भएको छ ।
बन्दका कारण सार्वजनिक सवारी साधन नचल्दा सदरमुकाम देखी ग्रामिण ईलाकामा आउने जाने तथा जिल्ला भित्र र बाहिर आउने जाने सर्ब साधारण अलपत्र परेका थिए । उनीहरु पैदल यात्रा गरेरै गन्तब्यमा पुगेका थिए ।
बन्दकर्ताले आधिकारी रुपमा बन्दको कुनै आब्हान नै नगरेको भएता पनि गोरखा सदरमुकाम तथा जिल्ला भित्र ब्यापारीक प्रतिष्ठान, बैंक, शैक्षिक संस्था तथा सर्वजनि यातायात पुर्ण रुपमा बन्द भएको थियो । शैक्षिक संस्था बन्द हुदा हजारौ बालबालिकाको अध्ययनमा बाधा परेको थियो भने यातायात बन्द हुदा सर्व साधारण गन्तब्यमा जान अलमलमा परेका थिए ।
त्यस्तै गरी बजार क्षेत्रमा रहेका सबै बैंकहरु बन्द हुदा आर्थिक कारोबार नै ठप्प भएको थियो भने एटिएम मेशिन समेत बन्द गरीएको थियो । बन्द कर्ता कोही कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।
बन्दका बेला केही निजी सवारी, दुध बोकेका सवारी तथा एम्बुलेन्स, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको मात्र सवारी साधान चलेको छ ।




















